
70Shares
पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ किरून्जे नेरेगुस्थित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
नौलो घुम्तीको आर्थिक सहयोग र गाउँपालिकाको २५% म्याचिंग फण्ड गरी करिव ९६ लाख रुपैयाँको लगानीमा किरून्जे नेरेगु पुल निर्माण गरिएको हो ।
१ सय २० मिटर लम्बाई रहेको लामो र सम्भवत कास्की जिल्ला कै सबै भन्दा अग्लो ठाउँमा राहेको दावी गरिएको उक्त पुलको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले गरेका हुन्।
पुल निर्माण समितिका अध्यक्ष विकल कुँवरको अध्यक्षता सेन्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरूङको संचालनमा सम्पन्न उद्घाटन समारोहमा वडा नं. ११ का वडाध्यक्ष हिमबहादुर गुरूङ, नौलो घुम्तीका ईन्जिनीयर पदम गुरूङ स्थानीय आमा समूहका अध्यक्षलगाएतको उपस्थिति रहेको थियो ।
70Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।








