पोखरा भ्यूज
पोखरा । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबीच फरक मत नरहेको बताएका हुन् ।
अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेकाको भन्दै उनले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताए । उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामन ऋण लिन सकिने भएपनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताएका थिए । प्रधानमन्त्री केपी ओलीकको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस- एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेको पनि उनले बताए । यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उनको भनाई थियो ।
त्यस्तै उनले सरकार ढल्छ भनेर अफवाह फैलाइएपनि त्यसमा सत्यता नरहेको दावी गरेका थिए । `कांग्रेस सभापती शेरबहादुर देउवा बोलिमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ । प्रधानमन्त्रीजीले सहमति अनुसार हस्तान्तरण हुने बताइरहनुभएकाे छ । सरकारमा समस्या छैन,´ उनले भने ।
![](https://www.pokharaviews.com/wp-content/uploads/2024/09/sitaldevi.jpg)
![](https://www.pokharaviews.com/wp-content/uploads/2024/09/ad-pachimanchal-5000-Rs.jpg)
![](https://www.pokharaviews.com/wp-content/uploads/2025/01/nyayika-suchana.jpg)