२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

महासंघका निवर्तमान अध्यक्ष सिग्देल सम्मानित

पोखरा भ्यूज
स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देललाई वालिङमा सम्मान गरिएको छ । पत्रकारीतालाई आफ्नो पेशा बनाई विभिन्न क्षेत्र तथा विधामा कलम चलाउदै आएको भन्दै वालिङ स्थित एक सहकारीले अध्यक्ष सिग्देललाई सम्मान गरेको हो ।
उनले साढे ३ बर्ष नेपाल पत्रकार महासंघको अध्यक्ष रहेर कार्यसम्पादन गरेका छन् । नेपाल पत्रकार महासंघको निवर्तमान अध्यक्ष बनेका सिग्देललाई वालिङ स्थित ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्थाले सहकारी अभियानमा कलम चलाएको भन्दै १७ औं बार्षिक साधरणसभा तथा छैठौं अधिवेसनमा करुवा, कदरपत्र र दोसल्लाले सम्मान गरेको छ ।

उनलाई गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले सिग्देललाई करुवा, कदरपत्र र दोसल्लाले सम्मान गरेका थिए । पत्रकारिताका क्षेत्रबाट सहकारीका गतिविधिहरुलाई उजागर गर्न सहयोग पुर्‍याएको र आगामी दिनमा सहकारी अभियानलाई सफलता बनाउन प्रेरणा जागोस भन्ने उदेश्यले सम्मान गरिएको सहकारीले जनाएको छ ।

सम्मान गर्दै गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति अर्यालले समाजलाई सकरात्मक बाटोमा लैजान संचारक्षेत्रको महत्वपुणर् भुमिका हुने बताउदै यस्ता सम्मानले श्रमजीवी पत्रकारहरुलाई अझै अगाडी बढ्न र निखार बनाउन हौसला मिल्ने बताए । पछिल्लो समय सहकारीहरु संकटमा परेका बेला संचार क्षेत्रले सहकारीहरु धरासायीको बाटोमा भन्दा समाधानका बाटोमा कलम चलाउन सबै पत्रकारहरुलाई आग्रह गरे ।

गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले संचार क्षेत्र समाजलाई सु-सुचित गर्ने क्षेत्र भएकाले सत्यतथ्यमा रहेर समाचारहरु प्रकाशित र प्रशारित हुनुपर्नेमा जोड दिइन् । विगत लामो समयदेखी पत्रकारीतालाई पेश मान्दै आएका सिग्देललाई सहकारी सम्मान गरेर श्रमजीवी पत्रकारहरुको हौसला बढाउने काम गरेकोमा सहकारीलाई सांसद तिवारीले धन्यवाद दिइन् ।

अध्यक्ष सिग्देलले जिल्लाबाट विभिन्न मिडियामा काम गर्दै आएका छन् । बिशेषगरी सगरमाथा टेलिभिजन, राजधानी दैनिक, वालिङबाट प्रकाशित पब्लिक आवाज, पोखरापत्र, लुम्विनी दैनिक लगायत दर्जनौ मिडियामा सिग्देलले कलम चलाउदै आउका छन् ।

जिल्लामा संचालित सहकारीहरु मध्ये ऋद्धिसिद्धि सहकारीले समाजमा योगदान पुराएका विभिन्न व्याक्तिहरुलाई हरेक बर्ष बार्षिक साधरणसभामा सम्मान गर्दै आएको सहकारीका अध्यक्ष मुक्तिप्रसाद पाण्डेले बताए । जसले सहकारीप्रतिको आकर्षण र विश्वास दिलाउन सहयोग हुने विश्वास अध्यक्ष पाण्डेले गरे ।

कार्यक्रममा पत्रकार सिग्देल सहित जेष्ठ सेयर सदस्यद्धोय गणेशप्रसाद भट्राई, हुमकला पाण्डे, उत्कृष्ट कारोबारी छविलाल पाण्डे र जामिला निशा, एसईईमा उत्कृष्ठ नजिता ल्याउने सुजाता श्रेष्ठ, आशिका कोईराला, दिक्षान्त पंगेनी, आयुष्मा अर्याल, एन्जिला अर्याललाई सम्मान गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…