17Shares

पोखरा भ्यूज

पोखरा पर्यटकीय राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालय चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा फेवा संवाद हुने भएको

पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा पोखरा ईभेन्ट सेन्टरमा विहिवार शुक्रवार फेवा संवाद२०२४ शीर्षकको अन्तराष्ट्रिय सम्मेलन हुने बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताईएको हो

मुलुकको उच्चशिक्षामा महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी निर्वाह गर्दै आइरहेको त्रिभुवन विश्वविद्यालय विश्वकै प्रतिष्ठित विश्वविद्यालयको रुपमा आफ्नो सम्मानित परिचय बनाउन सफल भएको त्रिभूवन विश्वविद्यालयका प्रा.डा.खड्क केसीले बताए उनका अनुसार त्रिविका एलुम्नाईहरुनै देशको क्रियाशिल राजनीतिज्ञहरु, प्रतिष्ठित उद्यमी व्यवसायिहरु, प्रशासनिक कर्मचारीहरु, सञ्चारकर्मीहरु, सुरक्षाकर्मीहरु एवम् प्राविधिक विशेषज्ञहरुका रुपमा मुलुक सञ्चालनमा संलग्न हुँदै आइरहेको पत्रकार सम्मेलनमा जनाए 

उनका अनुसार नेपालको ७६ वटा जिल्लामा विस्तारित त्रिभुवन विश्वविद्यालयले विश्वका करिव १८२ वटा विश्वविद्यालयहरुसँग शैक्षिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक सहकार्य गर्दै आइरहेको उच्च शिक्षा मार्फत देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको विश्वविद्यालयले आफ्ना निकटतम मित्रराष्ट्रहरुका विश्वविद्यालय तथा उच्चशिक्षा प्रदायक संस्थानहरुसँगको सहकार्यलाई विशेष प्राथमिकता दिई संयुक्त अनुसन्धान परियोजना सञ्चालन, शिक्षकविद्यार्थीहरुको आदान प्रदान विविध विषयमा संयुक्त अन्तरराष्टीय सम्मेलन मार्फत शैक्षिक अनुभव एवम् विशेषज्ञताको आदानप्रदान गर्दै आइरहेको

दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरीसमृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षामा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको सम्मेलन विषय विज्ञता अनुभव साटासाट गर्ने भविष्यमा हुनसक्ने आर्थिक, सामाजिक शैक्षिक सहकार्यहरुमा केन्द्रीय हुनेछ

सम्मेलनमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका बंगलादेशबाट / जना, भुटान, मलेसिया, सिंगापुर, इण्डोनेसिया लगायतका देशवाट सहभागी हुने भएको 

सम्मेलनमा नेपालका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री विद्या भट्टराई अधिकारी, पूर्व मन्त्रीहरु कमल थापा, डा.युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा.प्रकाशशरण महत,लगायतका राजनीतिज्ञहरु सहभागी हुनेछन् । यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा.दीपेन्द्रबहादुर क्षेत्री, प्रा.डा.गोविन्दराज पोखरेल, डा.विश्व पौडेल, पूर्व राजदुतहरु, विश्वविद्यालयका प्राध्यापकहरुलगायतको सहभागिता रहने डा. केसीले बताए

 

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected