40Shares

पोखरा। शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेशको अध्यक्षमा सरिता तिमिल्सिना पगेनी निर्वाचित भएकी छन् ।

उपाध्यक्षमा मीलन भुजेल, सचिवमा ईश्वरी बिक, कोषाध्यक्षमा ईश्वरी चापागाईं चयन भएका छन् । सदस्यहरुमा मुन्नी खातुन, गीतामाया श्रेष्ठ, पवित्रा खड्का, गंगा चापागाईं र माया गुरुङ भुजेल चयन भए ।

बिहीबार पोखरामा भएको प्रदेशस्तरिय समितिको अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रमको आवसरमा उक्त समिति गठन गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै संकल्पका संस्थापक अध्यक्ष दुर्गा सोबले संबैधानिक निकायहरु र राज्यका संरचनाहरुमा महिलाको समान सहभागिता वनाउनका लागि संकल्पले काम गरिरहेको बताइन् । शान्ति, सुशासन र राजनीतिमा महिलाको निर्णय र शक्तिशाली भूमिका निर्माण गर्ने लक्ष्यका साथ संकल्पले ७७ वटा जिल्लामा काम गरेको उनको भनाइ थियो ।

शान्ति, न्याय र लोकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेशका उपाध्यक्षा सरिता तिमिल्सिना पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा बान उपाध्यक्ष दुर्गा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरिन् । कार्यक्रम सञ्चालन संकल्पका केन्द्रीय सदस्य अमिका राजथलाले गरेकी थिइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका संकल्पका सदस्य संस्था क्रियाशील पत्रकार महिला, दलित महिला संघ नेपाल, नागरिक आवाज, मानवअधिकारका लागि महिला एकल महिला समूह, विकल्प, फतिमा फाउन्डेसन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल अपांग महिला संघ लगायतका संस्थाका महिलाहरुको प्रतिनिधित्व थियो ।

40Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected