42Shares

पोखरा भ्यूज

भिमाद, तनहुँ भिमाद नगरपालिका, टेक्रेस्थित बाल बिकास माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक राम्जी सिग्देलको बिदाई गरिएको ४० बर्ष लामो शिक्षण पेशाबाट मंसिर गतेबाट स्वेच्छिक अवकास लिनुभएका सिग्देलको सोमवार विद्यालयबाट विदाई गरिएको विद्यालयका प्रधानाध्यापक भीष्म रानाले जानकारी दिए

कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, बिधालयका प्रधानाध्यापक भीष्म राना लगाएतले सिग्देललाई अविरजात्रासहित सम्मानपत्र मायाको चिनो प्रदान गरिएको थियो

करिव ४० वर्षअघिदेख़ि शिक्षण पेशा अग़ाल्नु भएका सिग्देल २०५२ सालमा उक्त बिधालयमा शिक्षकको रूपमा प्रवेश गर्नु भएको थियो २०५४ सालबाट प्रधानाध्यापक पदमा बसेर सेवा गर्नु भएका सिग्देल विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बिधालयका प्र अ रानाले बताए 

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापाको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रममा बिगत १० बर्ष देख़ि बिधालय सपोर्ट कार्यक्रम गर्दै आएको लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीबाट क्लब अध्यक्ष दीपेन्द्र चालिसेसहित क्लबका पूर्व अध्यक्षहरु सुदीपराज ढुङगाना, टंकराज अधिकारी, किशोर मोहन भट्टराई, अर्जुन सिग्देल, युवराज खनाल, क्लबका द्वित्तिय उपाध्यक्ष रविकुमार श्रेष्ठ, सदस्य यम बहादुर पनेरू लगाएतको उपस्थिति रहेको थियो

बिदाई मन्तव्य राख्दै निवर्तमान प्रधानाध्यापक राम्जी सिग्देलले बिधालय संचालन गर्न शिक्षक स्टाफ़, बिधालय ब्यवस्थापन समिति, अभिवावक एक मत भएर लागेमा जस्तै चुनौती पनि पार गर्न सकिने बताए तर, प्रधानाध्यापक पूर्णकालिन नभई अरूलाई परिचालन गर्न नसकिने उनको भनाई थियो

लायन्स क्लब अफ पोखरा पिस सिटीको तर्फबाट आफ्नो मन्तव्य राख्दै क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगानाले बिधालयसँग सम्बन्ध जोड़नमा निवर्तमान प्रधानाध्यापक राम्जी सिग्देलको महत्वपूर्ण हात रहेको बताउदै आगामी दिनमा त्यो सम्बन्ध क़ायम रहिरहने प्रतिबद्वता ब्यक्त गरेका थिए

सो अवसरमा लायन्स क्लब अफ पोखरा पिस सिटीबाट निवर्तमान प्रधानाध्यापक सिग्देललाई मायाको चिनो र दोसल्ला ओढाई सम्मान गरिएको थियो

विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक विकासको क्षेत्रमा सेवानिवृत्त प्रधानाध्यापक सिग्देलले पुर्याउनुभएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै कार्यक्रममा वक्ताहरुले वहाँको आगामी सेवानिवृत्त जीवनको सुस्वास्थ्य सफलताको शुभकामना व्यक्त गरेका थिए

विद्यालयका शिक्षक यो माया थापाको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको संचालन विद्यालयका शिक्षक दामोदर लम्साल गरेका थिए भने बिधार्थीको तर्फबाट देवानी थापाले आफ्नो मन्तव्य राखेकी थिईन्

42Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected