२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खेलकुद

स्याङजाको कोल्मामा सम्पन्न पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व

पोखरा भ्यूज

पोखरा । स्याङजाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्री दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरेको राष्ट्रिय स्तरको क्रसकन्ट्रीमा रावलले २५ किलो मिटर दुरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद ५० हजार, ट्रफी र मेडल हात पारे ।

क्रसकन्ट्रीमा नेपाली सेनाकै टंक बहादुर कार्कीले १ घण्टा ३२ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोश्रो स्थान हाँसिल गरेभने निर्धारित दुरी १ घण्टा ३२ मिनेट ५६ सेकेण्डमा पार गर्दै रमेश लिम्बुले तेश्रो स्थान हांसिल गरे । काकीले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेभने लिम्बुले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

पुतलीबजार नगरपालिका-९ कोल्मा बराहचौरबाट सुरु सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन बराहचौरमा आएर टुङ्गिएको हो । त्यसैगरी २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडको उपाधि सनम गुरुङले हात पारे । निर्धारित दुरी ४६ मिनेट ३५ सेकेन्डमा पार गर्दै गुरुङले उपाधी सहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे उपविजेता सल्यानका रुद्र बुढाथोकीले ५० मिनेट १४ सेकेन्डमा दूरी पार गरे । उप बिजेता बुढाथोकीले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा गोर्खाका अशोक बरामले निर्धारित दुरी ५१ मिनेट ५१ सेकेण्डमा पार गर्दै तेश्रो स्थान सहित नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा रविना बुढामगरले एक घण्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारिन । बुढामगरले उपाधि सहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन उपविजेता विमला मानन्धरले एक घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरेर नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भइन ।

प्रतियोगिताको अर्को विद्या विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थीको समूह विजेता र उपविजेता बन्दा जनजागृती माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान प्राप्त गरे । रिले दौडको विजेताले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद आठ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो स्थान हाँसिल गर्नेले नगद चार हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर दुत प्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्व मन्त्री द्धय दीपक चर्ती मगर, मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय सम्भावना बोकेको कोल्मामा खेलकुदको बिकासका लागि आगामी आर्थिक बर्षको बजेटमा रातो किताबमै समेटेर बजेट निकासा गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यसैगरी कोल्माकोट र कोल्मामा निर्माणाधिन बौद्ध गुम्बाको लागि समेत गण्डकी प्रदेश सरकारले सहयोग गर्ने वताए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…