२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

फरक अभियानको पाँचौं चार्टर नाइट एवं युथको चार्टर हस्तान्तरण सम्पन्न

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा फरक अभियानको पाँचौ चार्टर नाइट एवं पोखरा युथको चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएकोछ । मंगलवार एस.आर.के.सी. बेन्कुईट माटेपानीमा सम्पन्न कार्यक्रममा फरक अभियानको पाँचौं चार्टर नाइट र सो क्लबद्वारा स्पोन्सरमा गठन गरिएको नयाँ क्लब लायन्स क्लब अफ पोखरा युथको चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो । नयाँ क्लब लायन्स क्लब अफ पोखरा युथमा सुवर्णराज पन्त संस्थापक अध्यक्ष रहेका छन् ।

क्लबका अध्यक्ष लियो लायन आदर्शमोहन भट्टराईको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्रमोहन भट्टराई, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त, डिष्ट्रिक्ट फ़ाईनान्सियल एडमिनिट्रेटर सूर्यनारायण बराल, डिष्ट्रिक्ट को–चिफ एडभाईजर ऋषि गिरी, डिष्ट्रिक्ट एक्जुकेटिभद्वय युवराज खनाल र टंकराज अधिकारी, क्लस्टर चिफ बिष्णु श्रेष्ठ, रिजन चेयरपर्सन कृष्ण कुमार श्रेष्ठलगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले हामी सेवा गर्छौ भन्ने उदेश्यले स्थापना भएका लायन्स क्लबले सुशासन पारदर्शी कायम गर्दै समाजमा विविध काम गर्दै आएको बताए । उनले लायन्स क्लब अन्तर्राष्ट्रिय सामाजिक संस्था रहेको बताउदै नयाँ चार्टर क्लबका सदस्यहरूलाई लायन्सले समाज परिवर्तनमा पारेको प्रभावका बारेमा प्रकाश पारेका थिए ।

गभर्नर ढुंगानाले पोखरा फरक अभियान क्लबले पाँच बर्षको अवधिमा पुऱ्याएको सेवाहरुको चर्चा गर्दै आगामी दिनमा सेवालाई अझ बढ़ाएर लैजान प्रेरित गर्दै स्थायी प्रोजेक्टमाथि केन्द्रित गरेर कार्य गर्न सूझाएका थिए ।

क्लबका सचिव बिजय खनालको संचालन रहेको कार्यक्रममा डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, क्लस्टर चिफ विष्णु श्रेष्ठ, क्लबका संस्थापक उपाध्यक्ष एवं पूर्व अध्यक्ष राजेन्द्र बराल, क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन हरिहर पराजुली, पोखरा युथका संस्थापक अध्यक्ष सुवर्ण राज पन्त, क्लबका सदस्य राजन बाबु ढुंगानालगाएतले आ–आफ्नो भनाई राखेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…