32Shares

पोखरा भ्यूज

पोखरा । लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्विन जोन्सको १४६औं जन्म दिवसको अवसरमा लायन्स अन्तर्राष्ट्रिय कोषमा योगदान गर्नेलाई सम्मान गरिएको

पोखरा काठमांडौंमा गरी दुई स्थानमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय कोष(एलसिआईएफ) मा एमजेएफ, पिएमजेएफ त्यो भन्दा माथी योगदान गर्नु हुने लायन्स सदस्यलाई सम्मान गरिएको हो

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको अध्यक्षतामा पोखरामा सम्पन्न कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको उपस्थिति रहेको थियो भने डिष्ट्रिक्टका प्रथम भाईस गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षतामा काठमांडौंमा सम्पन्न कार्यक्रमममा लायन्स अन्तर्राष्ट्रियका एरिया लिडर राजन लम्साल, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालको बिशेष उपस्थिति रहेको थियो

उक्त कार्यक्रमको संयोजन पोखरामा डिष्ट्रिक्ट कोचिफ एडभाईजर शान्ता देवी थापा भण्डारी र काठमांडौमा एलसिआईएफ डिष्ट्रिक्ट कोअर्डिनेटर रामहरि सिलवाल गरेका थिए

जनवरी १३ तारिख, लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्विन जोन्सको जन्मदिन । जन्मदिनको अवसर पारी विश्व भरिका १७ लाख भन्दा बढी लायन्स तथा लियो सदस्यहरूले विविध सामाजिक सेवाका कार्य गरी मेल्विन जोन्स दिवस मनाउने गर्दछन् ।

                       

32Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected