4Shares

पोखरा भ्यूज

पोखरा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघले माघ गते पोखरामा प्रशिक्षण कार्यक्रमकोआयोजना गर्ने भएको नेपाली काँग्रेस सम्बद्ध जनजातिहरुको संगठन नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघले देशका सबै प्रदेशमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने बुधबार आयोजनागरेको पत्रकार भेटघाटमा जानकारी दिईएको आदिबासी जनजाती जागरण अभियान संचालन अन्तर्गतप्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको शुरुवात गण्डकी प्रदेशको पोखराबाट गरिने भएको छ।

यसपछि अन्य प्रदेशमा समेत यस किसिमको कार्यक्रम संचालन गरिने महासंघले जनाएको छ। देशका सातवटाप्रदेशमा गरिने यस किसिमका कार्यक्रमबाट करिब हजार सय प्रशिक्षक उत्पादन हुने बिश्वास महासंघकाकेन्द्रीय अध्यक्ष ओम बहादुर घर्तीले ब्यक्त गरे।

नेपाली काँग्रेसको भात्रीसंस्थाको रुपमा रहेको जनजाती महासंघले आफ्ना सदस्य जनजातिलाई नेपाली काँग्रेसको इतिहास, आदर्श,नीति, सिद्दान्त कार्यक्रमका अतिरिक्त समसामयिक राजनीतिक अबस्थाको बारेमा जानकारी गराउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी पत्रकार भेटघाट कार्यक्रममा दिईएको थियो

प्रशिक्षणमा आदिबाशी जनजातिका अधिकार, जनजाती आन्दोलन, बिश्वब्यापी मान्यता, एबम संयुक्त राष्ट्रसंघका विभिन्न सन्धी, महासन्धीहरुको बारेमा पनि सहभागीहरुलाई जानकारी गरईने यसका साथै जनजातिहरुलाई अनुशासित मर्यादित बनाइ राजनीतिक संस्कार सम्बन्धमा ब्यबहारिक ज्ञान दिलाउने मात्रनभएर आदिबाशी जनजातिहरुबीच भावनात्मक एकताको बिकास गर्ने प्रशिक्षण कार्यक्रमको उद्धेश्य रहेकोनेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए

महासंघले प्रदेश, जिल्ला, पालिका वडा तहसम्म आदिबाशी जनजाती जागरण अभियान संचालन गर्ने लक्षअनुरुप प्रदेश तहमा यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो बिहिबारदेखि पोखराको बगरमाहुने प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट करिब सय २० जनाको सहभागिता रहनेजानकारी महासंघको गण्डकी प्रदेशका अध्यक्ष जीत बहादुर गुरुंगले दिए।

पत्रकार भेटघाट कार्यक्रममा महासंघका गण्डकी प्रदेश सचिब बुद्धि बहादुर गुरुङ, नेपाली काँग्रेस गण्डकीप्रदेशकी सदस्य सिता गुरुङ लगाएतले आआफ्नो भनाई राखेका थिए

बिहिबार शुक्रबार गरि दुई दिन सम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा जनजाती क्षेत्रका ज्ञाता एबम त्यसक्षेत्रमा क्रियाशील छन्द पहराई, मोहन कुमार तामांग, पासांग शेर्पा,  दिनेश थापा मगर, रेशम गुरुङ,महेश रानामगर रामजी कोंग्रेंग लगायतले विभिन्न बिषयमा प्रशिक्षण दिने भएका छन

प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एबम पार्टीको केन्द्रीय नीति, अनुसन्धानतथा प्रशिक्षण विभागका प्रमुख पूर्णबहादुर खड्काले गर्ने कार्यक्रम रहेको छ। नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री समेत रहेका कांग्रेस उपसभापति खड्का बुधबार नै पोखरा आइसकेका छन   उनि पार्टीकाकार्यकर्ता नेताहरुसंगको भेटघाटमा समेत रहने बताइएको छ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected