76Shares

काठमांडौं ।  नेपाल विद्यार्थी संघको आयोजनामा जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टी२०क्रिकेट प्रतियोगिता आगामी माघ गतेदेखि शुरु हुने भएको छ।

नेपाल, भारत बगंलादेशका गरी कुल आठवटा विश्वविद्यालयले प्रतिस्पर्धा गर्ने जय नेपाल टी२० क्रिकेटमाघको दोस्रो सातादेखि हुन लागेको नेविसंघले बिहीवार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारेजानकारी दिएको हो। प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन्। टी२०क्रिकेट प्रतियोगितामार्फत जलवायु परिवर्तनको मुद्दालाई पनि उठाउने आयोजकको उद्देश्य रहेको छ।

नेपालका चार टोली त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय पूर्वाञ्चलविश्वविद्यालय, भारतका दिल्ली विश्वविद्यालय, लखनउ विश्वविद्यालय, बाबासाहेब भीमराव विश्वविद्यालय, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले जय नेपाल कपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

बंगलादेश नेपालका विश्वविद्यालयबाट राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरू खेल्ने आयोजकलेजनाएको छ। कुल दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ। कुल आठटोलीलाई दुई समूहमा भागमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानबनाउनेछन्।

विजेताले १५ लाख उपविजेताले १० लाख रूपैयाँ पाउनेछन्। लाखको पुरस्कार भने विधागत उत्कृष्टलाईप्रदान गरिने प्रतियोगिता संयोजक गणेश थापाले जानकारी दिए।
आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्यअवलोकन गराइने भएको छ। नेविसंघले यस प्रतियोगिताका लागि सबैभन्दा कान्छा पर्वतारोही नीमा रिन्जीशेर्पा ब्राण्ड एम्बासडर नियुक्त पनि गरेको जनाएको छ।

नेविसंघका सभापति दुजाङ शेर्पाले यस प्रतियोगितामार्फत दक्षिण एशियाका ऊर्जाशील युवाहरूलाई स्थिरता वातावरणप्रति संवेदनशील बनाउन एकत्रित गर्ने उद्देश्य रहेको उल्लेख गरे।

यो प्रतियोगितामा सामान्यतर्फको टिकट एक सय भिआइपीतर्फ पाँच सय निर्धारण गरिएको छ। त्यहाँबाटउठ्ने रकम जाजरकोटका भूकम्प पीडितका लागि खर्च गरिने नेविसंघका सभापति शेर्पाले जानकारी दिए।

76Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected