19Shares
पोखरा भ्युज
पोखरा । लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीले पारिवारिक बनभोजमा नयाँ क्लब एभरेष्टको चार्टर हस्तान्तरण गरेको छ ।
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको शशक्त क्लब पोखरा ग्लोबल लेकसिटीले स्पोन्सर गरेको क्लब पोखरा एभरेस्टको चार्टर हस्तान्तरण तथा पारिवारिक बनभोज कार्यक्रम शनिवार सम्पन्न गरेको क्लबका संस्थापक अध्यक्ष हरिराज पन्तले जानकारी दिए ।

क्लबका अध्यक्ष गौतम आचार्यको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडर, क्लबका पदाधिकारी, सदस्यसहित पारिवारिक सदस्यको उपस्थिति रहेको थियो । नयाँ क्लब लायन्स क्लब अफ पोखरा एभरेष्टमा संस्थापक अध्यक्ष ज्ञानेन्द्र गौतम रहेका छन् ।

19Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।