२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबरशिक्षा

अल्फा बोर्डिङ स्कुलमा अग्रेंजी हिज्जे प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा शुक्रबार सहयोगी शैक्षिक साझेदारीका बिद्यालयहरु बिच आधारभूत तह कक्षा ६ देखि ८ कक्षाका बिद्यार्थीहरु बिच अगेंजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षता एवम् प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा १४ वटा स्कुलहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका सह-प्राचार्य कृष्ण लम्सालको संयोजकत्त्वमा आयोजना गरिएको थियो भने शेरबहादुर क्षेत्री र सुरजकुमार क्षेत्री निर्णायक मण्डलमा रहेका थिए ।

उक्त प्रतियोगितामा बाल प्रभात बोर्डिङ स्कुल प्रथम, बेसलाइन एकेडेमी द्वितीय, बाल कल्याण हाई स्कुल तृतीय.र अल्फाबोर्डिङ स्कुलले.सान्त्वना स्थान हासिल गर्न सफल भए । विजयी हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।

प्राचार्य भण्डारीले विद्यार्थीहरुको भाषिक सिप विकास गर्नका साथै उनीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगितात्मक कार्यक्रमहरुको अहम भूमिका रहने भएकाले आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…