सूचना प्रविधिको जानकारी लिने थलो बन्यो व्यापार मेला, शनिबारमात्र करिब १८ हजारले गरे मेलाको अवलोकन
- January 25, 2025
- 2169

18Shares
पोखरा भ्यूज
पोखरा, १२ माघ । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ जानकारी लिने थलो बनेको छ ।
पोखरा उद्योग वाणिज्य संघले क्यान कास्की तथा नेपाल मोवाइल बितरक संघसँगको सहयकार्यमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ समेत मेलामै समाहित गरेपछि मेला सूचना प्रविधिबारे जानकारी लिने तथा आवश्यक सामग्री खरिद गर्ने थलो बनेको हो ।
‘प्रविधिको क्षेत्रमा दैनिक नयाँ आविष्कार भइरहेका हुन्छन् । हामीले पछिल्लो समय बजारमा आएका नयाँ प्रविधिहरु नै क्यान इन्फोटेकमा राखेका छौँ,’उनले भने,‘यहाँ रहेका सबै सामग्रीहमा भारी छुटको व्यवस्था गरिएको छ ।’
यता, नेपाल मोवाइल बितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठले मोवाइल एक्पोमार्फत् मोवाइल तथा एसोसरिजहरुमा ५० प्रतिशतसम्म छुट दिइएको छ । किस्ताबन्दीमा मोवाइल खरिदको सुविधासमेत रहेको उनले बताए । मेलाको प्रवेश टिकटबाट हरेक दिन गोलाप्रथा गरी ५ जनालाई मोवाइल नै उपहार दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलाको तेस्रो दिन १८ हजार जनाले मेलाको अवलोकन गरेका छन् ।
‘हामीले मेलालाई उद्यमशिलता सिकाउने,नयाँ प्रविधिबारे जानकारी पस्कने थलो बनाउने लक्ष्य लिएका छौँ । औद्योगिक क्षेत्र उद्योग संघसँगको सहकार्यमा यहाँ उद्योगहरुका उत्पादन राखिएका छन् । सातवटै प्रदेशको हस्तकला तथा महिला उद्यमीका उत्पादनहरु पनि प्रदर्शनीमा छन् । जडीबुटीदेखि कृषिजन्य उत्पादन, पुष्प प्रदर्शनी पनि मेलाको अर्को विशेषता हो,’अध्यक्ष कार्कीले भने,‘पोखरासहित सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने तथा व्यवसाय बिस्तारको संभावनाको खोजीका लागि नै मेला आयोजना गरिएको हो ।’

उनका अनुसार सिएसआइटी एसोसियसनसँगको सहकार्यमा मेलामा आइटीसम्बन्धी खेल तथा प्रतियोगिताहरु पनि राखिएका छन् ।
मेलाका सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरका अनुसार शनिबार श्रीकृष्ण बम मल्ल,पार्वती गुरुङ,सरस्वती लामिछाने,सन्तोष सुुवेदी, मञ्जु पौडेललगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो भने आइतबार वरिष्ठ लोकगायक प्रजापति पराजुलीसहित इन्द्रा गुरुङ,कमला सुनार,शिवहरि ढुंगाना,राजन कार्कीलगायतको प्रस्तुति रहने छ ।

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।