33Shares

पोखरा भ्यूज

पोखरा भारतको ७६औं गणतन्त्र दिवस पोखरास्थित भारतीय पेन्सन क्याम्पमा विविध कार्यक्रम गरी मनाइएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखरामा उपलब्ध लब्ध-प्रतिष्ठित व्यक्तित्वको उल्लेख्य सहभागिता रहेको थियो

आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैं मुख्यमन्त्री पाण्डेले नेपाल भारत बिचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, भौगोलिक आर्थिक दृष्टिले घनिष्ठ रहेको बताए उनले भने, ‘दुई देशबीचको सम्बन्धलाईरोटीबेटीको सम्बन्धपनि भनिन्छ जसले आपसी निकटता पारिवारिक सम्बन्धलाई दर्शाउँछ

विश्वमा नै एक असल मित्रराष्टको उदाहरणको रुपमा नेपालभारत विचको संम्बन्ध स्थापित रहेको बताउदै मुख्यमन्त्री पाण्डेले भने, ‘दुई देश बिचखुला सिमाना जहाँबाट दुई देशका नागरीकहरु बिना कुनै भिसा आवत जावत गर्न सक्छन् जसले गर्दा दुई देशबिच रोजगारी, पर्यटन प्रर्वदन, शिक्षा स्वास्थ्यको क्षेत्रमा सहकार्य सहयोग आदन प्रदानमा गर्न राम्रो अवसर मिलेको छ ।’ उनले भने, ‘हामीहरु बिच रहेको सांकृतीक ऐतीहासीक सम्बन्ध हजारौ वर्ष पुरानो हो रामायण र माहाभारतमा समेत दुई देश बिचको धार्मिक सास्कृतिक सम्बन्धहरु जोडिएको विषय उल्लेख

नेपालमा सबै भन्दा धेरै भारतीय सेना भूत पूर्व सेनाहरुको घर रहेको प्रदेश गण्डकी प्रदेश रहेको उल्लेख गर्दै त्यसैले पेन्सन वितरण कार्यालय पोखरा, गण्डकी प्रदेश क्षेत्रको लागी आवश्यक महत्वपूर्ण संस्था भएको पाण्डेले बताए  नेपाल भारत बीचको संबन्ध साँचो मित्रता साझेदारीमा आधारित आपसी विश्वास, सम्मान  सहकार्यले यी दुई देश बीचको संबन्धलाई अझ प्रगाढ बनाउदै लैजानु पर्छ द्धिपक्षीय संबन्ध सुदृढ भएमायसले दुवै देशको जनताको लागी दिर्घकालीन लाभ मिल्ने भनाई राखे

गण्डकी प्रदेश भित्रको बिकास निर्माण, शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्र लगाएत विभिन्न धार्मीक  सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा भारतीय सरकार मातहतका निकायबाट प्राप्त सहयोगकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहान्छु साथै, आउँदा दिनहरुमा पनि यसरी नै सहर्काय हुनेछ भन्ने गण्डकी प्रदेश सरकारको अपेक्षा राख्दै भारतको ७६ औं गणतन्त्र दिवसको सुअवसरमा आयोजीत यस कार्याक्रममा उपस्थित हुने अवसर प्रदान गरेकोमा भारतीय राजदुतवास पेन्सन वितरण कार्यालय पोखरालाई धन्यवाद व्यक्त गरेका थिए 

पेन्सन क्याम्प पोखराका प्रमुख लेफ्टिनेन्ट कर्नेल प्रशान्त सिंह बघेलले भारतीय सरकारले नेपाल नेपालीकालागि साथै सेवानिवृत्त सैनिकहरूलाई सहयोग गरिरहने बताए भारत सरकारले सेवा निवृत्त सैनिकको आश्रित परिवारको शिक्षा स्वाथ्य पहिलो प्राथमिकता रहेको पनि उनको भनाइ थियो ७६औं गणतन्त्र दिवसको थीम स्वर्णिम भारत विरासत और विकासरहेको जानकारी गराउदै यस वर्षको थीममा समृद्ध भारत, सांस्कृतिक सम्पदाको वृद्धि विकासलाई आधार मानिएको उनले बताए

विकास संरचामा मात्रै आधारित नभई मानव विकास स्वस्थ्य वातावरणमा हुर्कन रम्न पाउने अधिकार पनिविकास भएको भन्दै यो अभियानमा सहभागी हुन लेफ्टिनेन्ट कर्नेल बगेलले सबैलाई अनुरोध गरे

उक्त अवसरमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू२०२५ पत्रिकाको लोकार्पण गरिएको थियो  कार्यक्रमका प्रमुख अतिथि पाण्डेले उक्त पुस्तक विमोचन गरेका थिए

क्याम्पमा आयोजित नेपाल भारत मैत्री विद्यालय पोखराका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुति प्रस्तुत गरेका थिए
सन् १९५० फेबु्रअरी २६ मा भारतमा गणतन्त्र घोषण भएको थियो ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५मा स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा नयाँ संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो

33Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected