२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुदस्थानिय समाचार

फागुन १४ देख़ि धम्पुसमा तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप

पोखरा, १३ माघ । माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ ।

माछापुच्छ्रे गाँउपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ«े गाँउ पालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म उक्त प्रतियोगित हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानिय स्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको गण्डकी प्रदेश भित्रका सम्पूर्ण पालिकालाई पत्रचार गरि वढि भन्दा वढि सहभागिता जनाउने लक्ष्य रहेको माछापुच्छ्रे गाँउ पालिका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०÷५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

त्यसैगरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५÷२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाँउपालिकाले १३ लाख रुपैया विनियोजन गरेको अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिए ।

यो प्रतियोगितामा सहभागित टिमले दुई जान वाहिरी खेलडि राख्ने पाउने व्यवस्था मिलाईएको छ ।

‘यो प्रतियोगितामा दुई जान वाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएकोले राष्ट्रिय स्तरका खेलाडी पनि प्रतियोगितामा सहभागिता जानउने छन्’ अध्यक्ष गुरुङले भने,‘राष्ट्रिय खेलाडीको सहभागित हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने हामीले विश्वास लिएका छौ ।’

यस वर्ष देखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै वढि रौनकता थपिने माछापुच्छ«े गाँउ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् ।

‘धम्पुस परिचित एक पर्यटन गाँउ हो’ उपाध्यक्ष अधिकारीले भनिन्,‘पर्यटकी गाँउमा गरिएको यो प्रतियोगिताले पर्यटन सँगै खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि मद्धत मिल्ने हामीले विश्वास लिएका छौ ।’

माछापुच्छ्रे गाँउ पालिका वडा नं. ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले प्रतियोगिता अवधिभर यस क्षेत्रमा भएका होटल व्यवसायसँग समन्वय गरी सहुलियत प्याकेज ल्याउने योजना रहेको सुनाए । उनका अनुसार एक रातमा धम्पुस साना ठुला ४० होटलमा १ हजार जान सम्म राख्न सकिने छ ।

प्रतियोगिता बढि भन्दा बढि टिम सहभागिता गराउनका लागि टिम शुल्क निशुल्क गरेको माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिकोका सदस्य सचिव हुमबहादुर गुरुङले जानकारी दिए ।

माछापुच्छ्रे गाँउपालिका भलिवल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेश भित्रका पालिकामा पत्राचार भए पनि खेलाडीलाई जानकारी नहुदा प्रतियोगितामा सहभागि कम हुने गरेको गुनासो खेलाडी बाटै आउने गरेको बताए ।

दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८० मा बौदीकाली गाँउपालिका नवलपुर प्रथम, र गल्कोट नगरपालिका बाग्लुङ दोस्रा भएको युवा तथा खेलकुद शिक्षा शाखाका प्राविधिक सहायक विष्णु प्रसाद अधिकारीले जानकारी दिए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…