
15Shares
पोखरा । गायत्री बहुद्घेश्यीय सिकाई केन्द्र, पोखरा १९ ले फोहर व्यवस्थापन सचेतना सहित कम्पोष्ट विन वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं १९ को आर्थिक सहयोगमा भएको सो कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफ्नो वरपर रहेका फोहरजन्य सामाग्रीको उचित व्यवस्थापन भए मात्र मानव समाज स्वस्थ बन्ने बताए । उनले फोहर बर्गिकरणका विषयमा प्रत्येक विद्यालय र वडाभित्रका संघ संस्थाले सचेतना जगाउन आवश्यक रहेको भन्दै, त्यस्ता कार्यमा केन्द्रित हुन सुझाव दिए ।
सिकाई केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एल एन्जल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन वहादुर केसी, विन्धेश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, केन्द्रका सल्लाहकार लेखनाथ लामिछाने, एमाले वडा कमिटीका अध्यक्ष कोमल प्रसाद बास्तोला र नेपाली कांग्रेस वडा सभापति विष्णु प्रसाद बास्तोला लगायतले फोहर व्यवस्थापन मुख्य चुनौती रहेको बताउदै फोहरजन्य समस्या समाधानमा सवै पक्ष जागरुप हुनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष पौडेलले फोहोर व्यवस्थापन विश्वव्यापी समस्या भएकाले यसको व्यवस्थापनमा विशेष जोड दिनुपर्ने स्पष्ट पार्दै, वर्तमान समयको शिक्षण सिकाइ व्यवहारिक हुनुपर्नेमा जोड दिएका थिए ।
कम्पोष्ट विनको प्रयोग र फोहोर व्यवस्थापन सम्बन्धमा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद गौतमले सहभागीलाई प्रशिक्षण समेत दिएका थिए । सो अवसरमा केन्द्रले वडा भित्रका दशओटा सामुदायिक तथा गुठी अन्तर्गतका विद्यालयहरुमा कम्पोष्ट विन र डस्टबिन हस्तान्तरण गरेको संस्थाको परिचालिका पवित्रा शर्माले जानकारी दिए । कार्यक्रममा सहभागी विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले समुदाय केन्द्रित तालिम र अभियान संचालन गर्न केन्द्रलाई सुझाव दिएका छन् ।
परिचालिका पवित्रा शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन उपाध्यक्ष वैकुण्ठ पौडेलले गरेका थिए । केन्द्रले वडाभित्र शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
15Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।























