पोखरा पर्यटकीय राजधानी भएकोले यहाँको सुन्तरतालाई जोगाई राख्नुपर्छ : सभापति देउवा
- February 2, 2025
- 531

पोखरा, २० माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा पर्यटकीय राजधानी भएकोले यहाँको सुन्तरतालाई जोगाई राख्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो महानगर सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण वढी हुने भएकाले यहाँको सुन्तरतालाई जोगाई राख्नुपर्ने बताएका हुन् ।
संसारका मानिसले रुचाएको पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि त्यतिकै ध्यान दिन जरुरी रहेको उनले बताए ।
पर्यटकीय नगरी पोखरामा आउने पर्यटकले सुविधा प्राप्त गर्न सक्नुपर्ने बताउँदै देउवाले भने, “पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन जरुरी छ । पोखराको सुन्दरतालाई जोगाउका साथै यहाँको समग्र विकासका लागि काँग्रेसले नेतृत्व लिएर अगाडि वढ्नुपर्छ ।” महत्वपूर्ण सम्पदाका रुपमा रहेको यहाँका तालहरुको संरक्षण गर्न त्यति नै आवश्यक भएको सभापति देउवाको भनाई थियो ।
सो अवसरमा उनले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता एकताबद्ध भएर कृयाशिल बन्नुुपर्नेमा जोड दिदै आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउनुपर्ने बताएका थिए ।
नेपाली काँग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीका नेता तथा कार्यकर्ताले आँफूलाई भन्दा पनि पार्टी र राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिईन् ।
अर्का सहमहामन्त्री जीवन परियारले पार्टीको महानगर समितिको सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधिका रुपमा रहने गरी विधानमा व्यवस्था गर्नुुपर्ने आवश्यकता औंल्याए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुनु आवश्यक भएको कुरामा जेड दिएका थिए । पार्टीको संगठन बलियो बन्नका लागि तल्लो टोल कार्यसमितिलाई बलियो बनाउनुपर्ने उनँको भनाइ थियो ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीबाट भए गरेका कामलाई सामाजिक सञ्जालको माध्यमबाट जनमानसमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको नेतृत्वमा भए गरेका कामलाई प्रचार गर्नुुपर्ने बताउँदै सकारात्मक सोचका साथ पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र र समाजवादका साथै धार्मिक स्वतन्त्रताको आदर्शलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।
नेपाली काँग्रेस पोखरा महानगरपालिका समितिका सभापति सुरेन्द्रमान विजुक्छेले महानगर समितिलाई बलियो बनाउनुुपर्ने बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू गुरु बराल, नैनसिंह महर, गोविन्द भट्टराई, अब्दुल सतार, शारदा पौडेल, पूर्व मन्त्री यज्ञबहादुर थापा, कास्कीका निवर्तमान सभापति कृष्ण के सीलगायतले पार्टीलाई विभिाजित नभै एकतावद्ध रुपमा अघि बढाउनका लागि केन्द्रदेखि तल्ले निकायसम्मका नेता तथा कार्यकर्ता आ आफ्ना स्थानबाट लानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका अवसरमा महानगरपालिकाको पूर्व कार्यसमितिका साथै साविक पोखरा र लेखनाथ नगर समितिका पार्टीका सभापतिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विगतमा विभिन्न पार्टीमा रही सो पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका व्यक्तिहरूलाई सभापति देउवाले सदस्या प्रदान गरी पार्टी प्रवेश गराएका थिए ।




