२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबरदेशमुख्य खबर

एकतावद्ध भएमा मात्र बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा

पोखरा, २१ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकतावद्ध भएमा मात्र पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउन सकिने बताएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले विद्यमान समावेशी, समानुपाति राजनीतिले एउटा पार्टीको बहुमत आउन गा¥हो भएपनि एकतावद्ध प्रयास भएमा आगामी दिनमा बहुमत प्राप्त पार्टी बनाउन सकिने बताएका हुन्  ।

“समावेशी, समानुपातिक राजनीति हामीले सुरु गरेका छौं, यो राजनीतिले कुनै एउटा पार्टीको बहुमत आउन गा¥हो छ”, उनले भने, “तैपनि हामीले सबै भन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं । त्यसका बाबजुद पनि सबै पार्टीका साथीहरूमा एकता भयो भने भोलिका दिनमा हामीहरू बहुमत प्राप्त गर्नसक्ने पार्टी पनि बन्न सक्दछौं ।” हाम्रो देशको संविधान, राजनीति पनि समावेशी, समानुपातिकमा आधारित रहेको बताउँदै सभापति देउवाले यसले विभिन्न जातजाति युक्त हाम्रो मुलुकका सबैलाई प्रतिनिधित्व गराएको बताए ।

विपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायत नेताहरूले सुम्पनुभएको जिम्मेवारीलाई पूरा गर्न एकता जरुरी रहेको उनको भनाई थियो । संघर्षको जगमा प्राप्त लोकतन्त्र, संघीयता, समावेशीतालाई सुदृढ गर्न जरुरी रहेको उनले बताए । देशको विकासका लागि अधिकारको विकेन्द्रकरण हुनुपर्ने कुरालाई दृष्टिगत गरी संघीय राजनीतिमा अघि बढीएको बताउँदै उनले अब देशको सबै स्थानको विकास हुनुपर्ने आवश्यकता औंल्याए । प्राप्त अधिकारको सदुपयोग गर्दै विनम्रताका साथ अघि बढ्नु जरुरी भएको भन्दै जनताको सेवा गर्ने व्यक्तिका रुपमा आँफू भित्रैबाट भावना आउनुपर्ने र जनताको सेवक भएर खट्न पार्टीका नेता कार्यकर्तालाई सभापति देउवाले आग्रह गरे ।

हाम्रा परिवर्तन, विद्यमान व्यवस्थालाई जनताको पूर्ण रुपमा समर्थन र सहयोगका साथै आफ्नो भन्ने भावना सिर्जना हनुपर्नेमा जोड दिदै पोखरामा सुरु भएकोयस प्रशिक्षण एवम् अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नुका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्ग निर्देश गर्ने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवम् निर्र्वाचन क्षेत्र मार्फत तत्तत् निकायमा सञ्चालन हुने जानकारी दिए । पार्टीको प्रशिक्षण पुस्तिका निर्माणको तयारी समेत गरिएको जानकारी दिदै उनले उक्त पुस्तिकाको ड्राफ्टलाई अन्तिम रुप दिनका लागि पार्टीका निकायहरूमा छलफलका लागि पठाइसकिएको पनि बताए । माघ मसान्न्त भित्रमा सुझावहरू संकलन गरी त्यसलाई अन्तिम रुप दिइने उनको भनाई थियो । प्रशिक्षणबाट नेता तथा कार्यकर्तामा निराशा नभै आशा जगाउने विश्वास पनि व्यक्त गरे ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य मान्यता र विरासतलाई विर्सन नहुने बताए । पार्टीमा सबैलाई समेटेर लैजानुपर्ने बताउँदै उनले प्रत्येक निकायलाई बलियो बनाउने गरी अघि बढ्नु जरुरी भएको धारणा राख्दै पोखरामा भएको यस कार्यक्रमले पार्टीमा नयाँ उत्साह भर्ने विश्वास व्यक्त गरे ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…