२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

अल्फा स्कुलमा अन्र्तराष्ट्रिय शान्ति टर्च

पोखरा । पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ्ग स्कुलमा अन्र्तराष्ट्रिय शान्ति प्रर्वतनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

श्री चिन्मोई फाउण्डेसनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष सो विद्यालयमा गरिएको हो । शान्तिको प्रतिक टर्च भ्रमण गराईएको कार्यक्रममा शाान्तिका लागि दौंड मार्फत अन्र्तराष्ट्रिय समुदायमा शाान्ति र भातृत्वको कामना सहित सम्पुर्ण विश्व नै एउटा सिंगो परिवार भएको सन्देश दिन खोजिएको श्री चिन्मोइ वन नेस होम पिस रनका राष्ट्रिय संयोजक श्वेता प्रधानले जानकारी दिईन् ।

अमेरिका, अष्ट्रेलिया, उज्वेकिस्तान, जापान सहित १० वटा राष्ट्रका १५ जना प्रतिनिधीले विद्यालयका विद्यार्थीलाई विश्व शाान्ति र भातृत्वका विषयमा जानकारी गराएका थिए ।

प्रधानले शाान्ति दौंडले विद्यार्थीमा एकाग्रता ल्याउने बताउँदै, शाान्तिपुर्ण वातावरणले विद्यार्थीको भविष्य सुन्दर बनाउने बताईन्।पोखरा म्याराथुनमा समेत सहभागिता जनाउन आएको टोलीलाई स्वागत गर्दै विद्यालयका प्रिन्सीपल सुरेन्द्रमान सिंह भण्डारीले श्री चिन्मोई अन्र्तराष्ट्रिय क्षेत्रमा काम गरेको संस्था भएको बताउँदै, यसले लिएको लक्ष्यलाई विश्व माझ पुर्याउनु पर्नेमा जोड दिए । उनले समुदायका बिच भाईचारा कायम गर्न स–साना बालवालिका देखि विद्यालय शिक्षामा नै यस्ता किसिमका विषय समावेश गरी अगाडी बढ्नुपर्ने सुझाव समेत दिएका थिए । टोलीले विद्यालयको स्थलगत निरीक्षण गर्नुका साथै विद्यार्थीसँग अनुभव आदान प्रदान गरेको थियो ।

सन् १९८७ मा स्थापना भएको उक्त अन्र्तराष्ट्रिय संस्थाले हालसम्म १ सय ६० बढी मुलुकमा शान्ति टर्च प्रर्दशन गरेको जनाईएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…