२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

महेन्द्र मावि भलाममा पूर्ण स्वास्थ्यका लागि स्वजागरण

सूर्य बाँस्तोला
पोखरा, २ फागुन । पोखरा महानगरपालिका वडा नं. २० भलामको आयोजना, महेन्द्र मावि भलामको व्यवस्थापन तथा जीवन विज्ञान परिषद् कास्कीको सहकार्यमा शिक्षा तथा पूर्ण स्वास्थ्यका लागि स्वजागरण, सुख, शान्ति र समृद्धिको जागरण महेन्द्र मा.वि. भलामको सभाहलमा शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सद्गुरुदेव रमेश नेपालले शिक्षित र स्वस्थ हुनको लागि आफूभित्रको क्षमता चिन्न जरुरी हुने बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिका प्रसाद आचार्य, पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मी, विन्ध्यवासिनी मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दिप थापा लगायतले शैक्षिक क्षेत्रका समसामयिक विषयमा आ–आफ्‌नो मन्तव्य राखेका थिए ।
पोखरा म.न.पा. वडा नं. २० का अध्यक्ष गंगा बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्र बहादुर क्षेत्रीले स्वागत तथा कार्यक्रमको संचालन विद्यालयका प्र.अ. बोधराज पौडेलले गर्नुभएको थियो ।
उक्त अवसरमा सामाजिक व्यक्तित्वहरु, पूर्व प्रअ, पूर्व विव्यस अध्यक्षहरु लगायत टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…