पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करणको पहिलो, दोस्रो र तेस्रो उपाधि केन्यालीधावकले जितेका छन । धावक विल्सन चेरुईयोटले ४२.२९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २१सेकेण्डमा पूरा गर्दै प्रथम भएर ५ लाख नगद पुरस्कार हात पारे ।
केन्याकै जुलियस मुरियुकीले २ घण्टा १७ मिनेट २३ सेकेण्डमा दौड पूरा गरेर दोस्रो बने । उनी २ सेकेन्डले पछिपरेका थिए । जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानमा पनि केन्याकै ओनेसमस गिटायुले २घण्टा १८ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे । नेपालका किरणसिंह बोगटीलेले २घण्टा ३८ मिनेट १७ सकेण्ड पूरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।
आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले यो वर्षदेखि उक्त विधामा गण्डकी प्रदेशका धावकका लागि छुट्टैपुरस्कारको व्यवस्था गरेको थियो । म्याराथनमा निरोज भट्ट क्षेत्री गण्डकी प्रदेशमा पहिलो, रिखुलालसिंजालीमगर प्रदेश दोस्रो र दिनेशसिंह बोगटी तृतिय बने ।

हाफ म्याराथन पुरुषतर्फ सन्तोषविक्रम बिष्ट पहिलो बने । उनले निर्धारित २१.०९७ किलोमिटरको दुरी १ घण्टा९ मिनेट ७ सकेण्डमा पुरा गरे । गजेन्द्र राई दोस्रो र इमानियोल किप्टारबेई तेस्रो भए । यही बिधामा महिलातर्फसन्तोषी श्रेष्ठले निर्धारित दुरी १ घण्टा २० मिनेट ३ सकेण्डमा पुरा गर्दै प्रथम बनीन् । स्यारोन जनोटिक दोस्रो रपुष्पा भण्डारी तेस्रो भएकी थिइन् ।



पोखरा रंगशालाबाट बिहान सुरु भएको म्याराथनको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुभारम्भगरेका थिए । दर्ता भएका ३ हजार भन्दा बढि र रन फर फनमा गरी १० हजार भन्दा बढिले दौडमा सहभागिताजनाएका थिए । रंगशालाबाट सुरु भएको दौड पोखरा महानगरका विभिन्न भाग परिक्रमा गरी पोखरा ६लेकसाइडस्थित हल्लनचोकमा पुगेर पुरस्कार वितरण गरी समापन गरिएको थियो ।





