9Shares

काठमांडौ । लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डसले आफ्‌नो चार्टर डे सेलेब्रेसन सम्पन्न गरेको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले काठमाडौंको गोंगबुस्थित हिमालयन वृद्धाश्रममा रहेका ५५ जना वृद्धवृद्धाहरुलाई भोजन सेवा प्रदान गरी चार्टर डे मनाएको हो ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ जे नेपालका चिफ एडभाईजर कुशप्रसाद मल्ली, पिआरओ इन चिफ रामराजा थापा, कम्युनिकेसन चिफ अमरज्योति रञ्जित, जिएमटी कोअर्डिनेटर अक्ष कुमार गौतम, डिष्ट्रिक्ट चिफ पुरुषोत्तम बस्नेत, बागमती एरिया सेक्रेटरी सन्तोष घिमिरे, रिजन चियरपर्सन तथा क्लबका चार्टर प्रेसिडेन्ट रोशनकुमार श्रेष्ठ, जोन चियरपर्सन निरन्जन रिसाल लगायतका क्लबका अन्य पदाधिकारी तथा सदस्यहरु लगायत सहयोगी महिला जागरण संस्थाकी अध्यक्ष अध्यक्ष राधा श्रेष्ठको उपस्थिती रहेको क्लबका प्रेसिडेन्ट बिकल श्रेष्ठले जानकारी दिए ।

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected