२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खेलकुदशिक्षा

हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । सोमबार भएको विद्यालय तर्फको खेलमा बिजयी हुदै सगरमाथा, कास्की मोडनाइज, गुरुकुल विद्यासदन र अरनिको बोडिङ स्कुल तनहुँ सेमिफाइन प्रबेश गरेका छन् ।

सगरमाथा सेकेन्डरी स्कुलले बाग्लुङको चिल्डेन लाइभ इङलिस स्कुललाई ५–४ गोल अन्तरले हराउदै सेमिफाइन प्रबेश गर्‍यो । निधारी समयमा दुबै तर्फबाट तीन/तीन गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो ।

अर्को खेलमा कास्की मोडनाइज एकेडेमीले टप्स बोडिङ स्कुललाई हराएको छ । निरधारीत समयमा एक/एक गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो । ट्राइबे्रकरमा कास्की मोडनाइजले टप्सलाई ४–१ गोलले हरायो ।

त्यसै गरी गुरुकुल विद्यासदनले सुर्योदय इङलिस बोडिङ स्कुललाई ४–२ गोल अन्तरले हरायो । सोमबार नै भएको अर्को खेलमा अरनिको इङलिस बोडिङ स्कुल तनहुँले डाइमण्ड सेकेन्डरी स्कुललाई ३–० गोल अन्तरले हरायो ।

कलेज तर्फको फुटसलमा ला ग्याण्डी इन्टरनेस्नल कलेजले माउन्ट अन्नपुर्ण क्याम्पसलाई ३–१ गोल अन्तरले हरायो सेमिफाइन प्रबेश गरेको छ । अर्को खेलमा इन्फोम्टिक्स कलेजले पोखरा लिकंन इन्टरनेस्नल कलेजलाई ३–० गोल अन्तरले हराउदै सेमिफाइनको यात्रा तय गरेको छ ।

पोखरा कलेज अफ म्यानेजम्यान्टले सोच कलेज अफ आइटिलाई ४–३ गोल अन्तरले हराउदा इन्फोम्यक्स कलेज अफ आइटी एण्ड म्यानेजम्यान्टले लेकसिटि कलेज एण्ड रिर्सच सेन्टरलाई ४–३ गोल अन्तरले नै हराउदै सेमिफाइनलमा प्रबेश गरेका छन् ।

फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए ।

कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…