40Shares

पोखरा भ्यूज

काठमांडौ लायन्स क्लब अफ काठमांडौ लर्ड बुद्वले आफ्नो ८औं चार्टर नाईट एवं नयाँ क्लबलाई चार्टर हस्तान्तरण गरेको बुधवार होटल पौवा गौशाला काठमांडौमा आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लर्ड बुद्वले स्पोन्सर गरेको नयाँ क्लब लायन्स क्लब अफ काठमांडौ बुद्व यूनिभर्सललाई चार्टर हस्तान्तरण गरेका हुन्

लायन्स अन्तर्राष्ट्रियका एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न सो क़ार्यक्रममा क्लबले ड़िजी क्लब भिजिटसमेत सम्पन्न गरेको । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर ढुंगानाले लायन्स क्लब अफ काठमांडौ लर्ड बुद्वले समाज रुपान्तरणमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका थिए 

काठमांडौ लर्ड बुद्वले बुद्व युनिभर्सलसहित १८ वटा लायन्स क्लब एउटा लियो क्लब चार्टर गर्न सफल भएको गोपाल काफ्ले संस्थापक अध्यक्ष रहेको बुद्व यूनिभर्सलको क्लबमा २१ जना संस्थापक सदस्य रहेका छन् क्लबले स्थापनाको छोटो अवधि मात्र नभई आज मात्र चार्टर प्राप्त गरेको क्लबले उत्कृष्ट कार्य गर्न सफल पनि भएको

क्लबका संस्थापक अध्यक्ष डिष्ट्रिक्ट चिफ पिआरओ बिष्णु भण्डारीले स्थापनादेख़ि हालसम्म क्लबले गरेका गतिबिधिबारे प्रकाश पारेका थिए

कार्यक्रमका प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर राजन लम्सालले लायन्स क्लब अफ काठमांडौ लर्डबुद्वले सर्भिस, फेलोशिप लिडरशिपका सबै हिसाबले उत्कृष्ट रहेको भनाई राख्दै क्लबले लायनवादमा पुर्र्याएको योगदानको उच्च कदर गरेका थिए

कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे क्लबको उत्तरोत्तर प्रगतिको कामना गरेकी थिईन्

समारोहमा पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, डिष्ट्रिक्टका द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर डिष्ट्रिक्ट सूर्य कुमार केसी, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर महेश पाण्डे, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी लगायत डिष्ट्रिक्टका सिनियर लिडर दुवै क्लबका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

लायन्स क्लब अफ काठमांडौं लर्ड बुद्वका अध्यक्ष रूप बहादुर रावल अध्यक्षता, क्लबका सचिव क्षितिज पौडेलको संचालन रहेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष जोन चेयरपर्सन बदन कुमार भण्डारी स्वागत मन्तव्य रहेको प्रथम उपाध्यक्ष प्रकाश कँडेलले ध्वजाको अभिवादन पाठ गरेका थिए ।

लियो सबीना भण्डारीले आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् त्यस्तै जादुगर राजेन्द्र गिरीले आफ्नो टीमसहित उत्कृष्ट जादु प्रस्तुत गरेका थिए

40Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected