२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

रोटरी काठमाण्डौ हेरिटेज र रोटरी चेन्नई मेराकीबिच भागिनी क्लब सम्झौता

काठमांडौं । रोटरी क्लब अफ काठमाण्डौ हेरिटेज र रोटरी क्लब अफ चेन्नई मेराकीबिच भागिनी क्लब सम्झौता भएको छ । रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजको चार्टड डेको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुुई क्लबहरु बिच एक आपसमा सहयोग तथा सहकार्य गर्ने बिषयमा सम्झौता भएको हो ।
रोटरी क्लब डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन, फर्स्ट लेडी सरोजिनी शेरचन, निवर्तमान गभर्नर राजेन्द्र ध्वजुु, पूर्व गभर्नर जया राज्य लक्ष्मि शाह, गभर्नर ईलेक्ट बिष्णु बहादुर कार्की लगायत अन्य बिभिन्न डिष्ट्रिकका लिडरहरुको उपस्तिथि रहेको कार्यक्रममा रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभानासेल्भी, कार र्याली कोर्डिनेटर कोथाङगी सुचित्रा र कार र्याली चेयरम्यान शिवाबाला राजेन्द्रन तथा बिभिन्न क्लबका अध्यक्षहरुको उपस्थितिका बिच रोटरी क्लब अफ काठमाण्डौ हेरिटेजका अध्यक्ष हेमा कुुमारी अधिकारी र रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभानासेल्भीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजका प्रेसिडेन्ट ईलेक्ट कृष्ण प्रसाद शर्माले संयोजन गर्नुभएको कार्यक्रम क्लबका सचिब डा. बुद्धि मल्लले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा बिभिन्न लेख रचनाहरु तथा क्लबको गतिविधिहरु समावेश गरिएको रोटरी क्लब अफ काठमाण्डौ हेरिटेजको स्मारिका बिमोचन गरिएको थियो । चार्टर डेको औपचारीक कार्यत्रम सम्पन्न भएपछि प्लान्टेशन ड्राईभ भन्ने नाराका बबरमहलबाट गोकार्णेश्वरसम्म कार र्याली गरिएको थियो र त्यसपछि रोटरी क्लब अफ गोकर्णेश्वरको समेत सहभागितामा राष्ट्रिय सहिद तथा शान्ति पार्क गोकर्णेश्वरमा बृक्षारोपन गरिएको ।
रोटरी क्लब अफ चेन्नई मेराकीका ३ जना सदस्यहरु १४ फेब्रुुअरीमा भारतको चेन्नईदेखि बातावरण सम्बन्धि जनचेतना जगाउने उदेश्यका साथ प्लान्टेशन ड्राईभको नारा लिएर नेपाल भ्रमणमा आउने क्रममा रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजले पनि बातवरण संरक्षणलाई प्राथमिकतामा राखेकोले दुई क्लबहरुबिच भागिनी क्लब सम्झौता सम्पन्न भएको हो । उनिहरु २ मार्चमा चन्नाई पग्ुनेछन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…