२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
कृषि

‘नेपालका निधि’ पुस्तक लोकार्पण

पोखरा । वरिष्ठ पत्रकार किशोर नेपालद्वारा लिखित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित पुस्तक नेपालका निधि’ पुस्तक लोकार्पण गरिएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको आयोजनामा पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘नेपालका निधि’ पुस्तक लोकार्पण गरेका हुन्  ।

निधि नेपालको प्रजातान्त्रिक आन्दोलनका हस्ती मध्येका एक हुन् । पुस्तक विमोचनका क्रममा मुख्यमन्त्री पाण्डेले महेन्द्रनारायण निधिमा बहुआयामिक व्यक्तित्व थियो । निधि हुँदासम्म मधेशका जनता कांग्रेसको शक्ति भएको सुनाउँदै पुस्तकमा प्रजातान्त्रिक आन्दोलन देखी संघीय गणतन्त्रसम्म ल्याउँदाको इतिहास कोरिएको उनले सुनाए ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले पछिल्लो समय कांग्रेसकै कार्यकर्ताहरु समेत इतिहास भनेर मात्रै काम नहुने भन्दै हिडिरहेको र त्यो गलत रहेको बताउँदै इतिहास बनाउनेले इतिहासलाई मान्नुपर्नेमा जोड दिए । पाण्डेले इतिहास नै नभएकाहरुको बहकाउमा कांग्रेस पनि लागिपरेको अहिले नेपालमा इतिहास वा देशका लागि योगदान नगरी खाली सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा भएका फलोअर्सको भरमा नेता बनिरहेका उनको भनाइ थियो ।

‘फेसबुक, टिव्टरमा कति फलोअर्स छन त्यसैको भरमा नेता हुने अवस्था अहिलेको छ । भड्किरहेको समाजमाइतिहास ब्युत्याउन यस्ता पुस्तक अति उपयोगी छ, सहि समयमा सहि पात्रको पुस्तक विमोचन आज भएको छ’ उनले भने, ‘इतिहासको कुरा गरेर मात्र हुदैन भनेर कांग्रेस पनि बहकाउमा लागेको छ । त्यो इतिहासनै नभएकालेत्यसो भन्दा बहकिएर लाग्ने अवस्था आज आएको छ । इतिहास हुनेले इतिहासको कुरा गर्छ नहुनेले कसरी गर्नेत्यहि भएर इतिहास भनेर मात्रै हुदैन भनिरहेका छन् ।’

पुस्तकका लेखक किशोर नेपालले आफुले सद्यैँ लोकतन्त्रको पक्षमा लेख्दै आइरहेको र आगामी दिनमा पनि लेखिरहने बताए । उनले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो सर्त भएको उल्लेख गरे । नेपालले इतिहासलाई बिर्सने नभई सँगसँगै लैजानु पर्नेमा जोड दिएका थिए। निधि निष्ठा र इमानको राजनीति गर्ने व्यक्ति भएको बताउँदै उहाँ र उहाँको राजनीतिकलाई नजिकबाट चिनेकाले पुस्तक लेखेको उनको भनाइ थियो । 

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपालको प्रजातन्त्रिक आन्दोलनमा निधिको अतुलनीय योगदान रहेको बताए । निधि नेपाली कांग्रेसको सम्पत्ति भएको र यो पुस्तक युवा पुस्तालाई उपयोगी हुने उनको भनाइ थियो । निधि जीवित रहँदासम्म मधेश नेपाली कांग्रेसको उर्वर भूमि रहेको उनको दाबी थियो । प्रजातन्त्रमा योगदान गरेकोहरूको बेलाबेलामा चर्चा गरिरहनु पर्ने शर्माको भनाइ थियो ।

नेपाल उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालमा धेरै निधिहरु रहेको र तिनीहरु कहाँ छन के गर्दै छन भन्ने बारेमा आजका नयाँ पुस्तालाई जानकारी दिन अत्यावश्यक रहेको बताए । साहित्यकारले समाज परिवर्तन मात्र नभइ समाज सुधारका लागि समेत आवाज उठाउनु पर्नेमा मुल्मीको जोड थियो ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने, रूपान्तरण प्रकाशनका प्रमुख रुचि श्रेष्ठ, प्रेस युनियन गण्डकी उपाध्यक्ष माधवप्रसाद रेग्मी, महासचिव प्रकाश ढकालले पुस्तक र महेन्द्रनारायण निधिको बारेमा चर्चा गरेका थिए ।

Read more

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…

रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन अन्नपूर्ण गाउँपालिकाद्वारा विद्यालयलाई भाँडाकुँडा हस्तान्तरण

अन्नपूर्ण, कास्की। विद्यालयस्तरबाटै रैथाने बालीको संरक्षण, पोषणयुक्त दिवा खाजा प्रवर्द्धन तथा कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ।…

अन्नपूर्णमा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु : गाउँपालिकाको लक्ष्य–घरघरमा तरकारी, कृषकको आम्दानीमा वृद्धि

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरमा करेसाबारी निर्माण गरी तरकारी उत्पादन बढाउने उद्देश्यसहित ‘एक घर–एक करेसाबारी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ। मंगलबार गाउँपालिकाको वडा नं.…

पोखरामा २१औँ रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट दुई कृषक सम्मानित

पोखरा, असार १४। ‘ पोखरा सबै मौसमका लागि ’ भन्ने मूल नारासहित पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय…

पोखरामा ‘तरबुजा मेला २०८३’ सम्पन्न

स्थानीय उत्पादन प्रवर्द्धनसँगै कृषि र पर्यटन जोड्ने प्रयास पोखरा । स्थानीय उत्पादनको प्रवर्द्धन तथा तरबुजा खेतीको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र वडा नं.…

कृषकलाई कृषि सामग्री तथा उपकरण वितरण

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार कृषकलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकीकरण सहयोग वितरण गरिएको…