२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

नीति एकेडेमीमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ भएको छ । तालिममा पोखरा–६ का ४० जना विद्यार्थी सहभागी छन् ।
एक महिनासम्म सञ्चालन हुने तालिममा नीति एकेडेमीका डम्मर खडायत प्रमुख प्रशिक्षक र माधव पोखरेल सहायक प्रशिक्षकको रुपमा रहनेछन् ।
तालिम उद्घाटन सत्रमा पोखरा–८ वडाध्यक्ष रुद्रनाथ बराल र पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी पनि रहेका थिए ।
एआई टुल्समार्फत कार्यक्रम शुभारम्भ गर्दै पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले युवा पुस्ताको आवश्यकता, आर्थिक उन्नति र समृद्धिलाई पनि ध्यानमा राखेर तालिमका लागि नीति एकेडेकीसँग सहकार्य गरिएको बताए ।
विद्यार्थीले डिजिटल मार्केटिङ र एआईसम्बन्धी ज्ञान हासिल गर्नुका साथै तालिम पश्चात् आयआर्जनमा जोडिनेसमेत विश्वास व्यक्त गरे ।
प्रशिक्षार्थीप्रति लक्षित गर्दै वडाध्यक्ष भट्टराईले भने, ‘युवालाई स्वरोजगारयुक्त बनाउन तालिम आयोजना गरिएको हो, सबै दिनको तालिममा सहभागी भएर डिजिटल मार्केटिङ र एआईमा दक्ष बन्नुहोला, भविष्यका दिनमा यो भन्दा पनि बृहत तालिम ल्याउन आवश्यक हुन्छ भने पनि त्यसका लागि तयार छौँ ।’
पोखरा– ९ का वडाध्यक्ष मर्सानीले नीति एकेडेमीले निकै समयसान्दर्भिक तालिम आयोजना गरेको भन्दै आफूले पनि यस विषयमा ध्यान दिने बताए ।
वडाध्यक्ष मर्सानीले युवालाई समयसापेक्ष डिजिटल तालिम दिएकामा पोखरा–६ लाई धन्यवाद दिए । उनले भने, ‘धेरै नेताले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर भाषण गरे पनि वास्तविक नेता वडाध्यक्ष विष्णुबहादुर भट्टराई र वडा सदस्य शोभा जलारी हुनुहुन्छ, उहाँहरुले भाषण होइन राम्रो काम गरेर देखाउनुभयो ।’
नीति एकेडेमीको प्रशंसा गर्दै वडाध्यक्ष मर्सानीले आफूले आफ्‌नै वडाभित्रको फूल फुल्ने ठाउँ नदेखेको बताए ।
अहिलेको जमाना डिजिटल मार्केटको रहेको भन्दै उनले अहिले ६ नम्बर वडाले शुरुआत गरेको भएपछि आगामी दिनमा आफूले पनि ध्यान दिने बताए । उनले भने, ‘अगाडि वडा नं ६ र पछाडि वडा नं ९ छ भनेर सम्झिन आग्रह गर्दछु ।’
पोखरा–८ का वडाध्यक्ष बरालले युवा लक्षित कार्यक्रमले धेरै नै महत्व राख्ने बताए । उनले तालिम लिएका विद्यार्थी स्वरोजगार बन्ने दावीसमेत गरे ।
उनले भने, ‘वडामा अचार बनाउने तालिम जारी छ, कौशीखेती लगायत धेरै तालिम गरिरहेका छौँ, अब यस किसिमको समयसापेक्ष कार्यक्रम गर्ने सोच पनि बनाउनेछौँ ।’
पोखरा–६ की वडासदस्य शोभा जलारीले वडालाई प्रविधिसँग जोड्न तालिम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘विगतमा अन्य किसिमका धेरै तालिम आयोजना गरेका थियौँ, अहिले प्रविधिसँग सम्बन्धित तालिम आयोजना गर्दैछौँ, भविष्यमा पनि प्रभावकारी र उपलव्धिमूलक कार्यक्रम गर्न तयार छौँ ।’
एकेडेमीका अध्यक्ष माधव पोखरेलले एआईले फड्को मारिसकेको अवस्थामा यसैसम्बन्धी शिक्षा अपरिहार्य रहेको बताए ।
तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै उनले तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाउने र व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।
एकेडेमीका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदीप पराजुलीले स्वागत र हरि पन्तले सञ्चालन गरेका थिए ।
नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्‌टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ । हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…