२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास

पोखरा । कास्कीको रुपा गाउँपालिकास्थित ध्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद सञ्चालन भई रहेको थियो । अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लागेको देखियो ।
कार्यक्रममा सहभागि उपभोक्ता सवै त्रसित भएर हातमा हसिया, कोदालो लगायतका आगो नियन्त्रण गर्ने परम्परागतका सामाग्री लिएर डढेलो लागेको वन तिर लागे ।
प्रत्येकका हातमा आगो निभाउने हरिया सेउला थिए । जंगलमा दन्किरहेको आगो निभाउन जुटे केही समयमा आगो नियन्त्रणमा आएसंगै सम्पूर्ण उपभोक्तामा खुशियाली छायो ।
जुन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको आयोजना एवम् डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा आयोजित वन डढेलो नियन्त्रण गरिने पूर्व अभ्यास कार्यक्रमको एक झलक थियो ।
आगो फैलिन नदिनका लागि उपभोक्ताले पहिला अग्निरेखा निर्माण गरे, जुन रेखा निर्माण गर्दा संकलन गरेको पातपतिङ्ग बोरामा राखेर प्राङ्गरिक मल बनाउन घरमा लगेका थिए ।
घाँस, दाउरा, काठ जस्ता वन पैदावार उपयोग नहुँनु र चरिचरणको अभावमा जंगलमा पात पतिङ्गर थुप्रिन जाँदा वन डढेलोको जोखि प्रत्येक बर्ष बढ्दै गएको रुपा सवडिभिजन वन कार्यालयका प्रमुख सुदिप राज रेग्मीले सो अवसरमा जानकारी दिए ।
“फागुन, चैत र वैशाख तीन महिना वनमा अत्याधिक डढेलो लाग्ने गरेको छ” उनले भने, “वनको डढेलो नियन्त्रण भन्दा पनि आगो लाग्नै नदिनका लागि उपभोक्ता माझ यस्ता पूर्व अभ्यासका कार्यक्रमको आयोजना गरिएको हो ।”
महासंघ र डिभिजन कार्यालयको सम्झौता अनुसार कास्कीका पाँच पालिकाका विभिन्न छ स्थानमा पूर्वअभ्यास कार्यक्रमको आयोजना गरिने फेकोफन कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य हरि बास्तोलाका अनुसार हिउँदे बर्षाको कमी, निरन्तर तापक्रमको बृद्धि हुनुको साथै वन क्षेत्रमा थुप्रियको पातपतिङ्गर, ढलापडा तथा सुकेका रुख र बढ्दो झाडिको कारण वन डढेलो क्रमिकरुपमा बढेने गरेको छ ।
वन डढेलोको कारण जंगली जनावर र चराचुरुङ्गीको वासस्थान नष्ट हुनुको साथै वातावरणमा समेत असर पर्ने हुँदा यसको नियन्त्रणका लागि सम्पूर्ण उपभोक्ता एवम् सरोकारवाल सवै सचेत हुनुपर्ने उनको भनाई थियो ।नव्वे प्रतिशत वन डढेलो मानविय कारणले हुने गरेको छ ।
डढेलो लाग्न नदिन पहिलो अभियान हो, लागेमा आफु सुरक्षित भएर आगो नियन्त्रणमा जुट्नु पर्नेमा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले कार्यक्रममा बताए ।
वनमा आगो लगानेका बारेमा सुराकी दिनेलाई पुरस्कारको व्यवस्था गरिने बताउँदै उनले दोषि ठहरिएमा तीन बर्ष कैद, ६० हजार जरिवाना वा दुवै सजाय हुने संवैधानिक व्यवस्था छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपाका अध्यक्ष तिलबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका ५६ सामुदायिक वन समुहका १०० भन्दा बढीको सहभागिता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…