3Shares

पोखरा  नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ (प्रजातान्त्रिक व्यवसायी संघ), गण्डकी प्रदेशले आफ्नो तेस्रो स्थापना दिवस एक कार्यक्रमका बीच सम्पन्न गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा नेपालको आर्थिक परिदृश्य : नेपाली कांग्रेसको दृष्टिकोण बिषयक अन्तरक्रिया कार्यक्रम गरी विहिवार पोखरामा स्थापना दिवस सम्पन्न गरेको हो 

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. बिश्व पौडेलले नेपालको मौद्रिक तथा वित्तीय नीति, अर्थबिंद तथा व्यवसायी अरुण सुबेदीले पूर्वाधार : शिक्षा, स्वास्थ्य, पर्यटन र नेपाल उधोग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्र सन्दर्भमा गण्डकी प्रदेशको अर्थतन्त्र र सम्भावनाका बारेमा आफ्ना भनाईसहित कार्यपत्र प्रस्तुत गरेका थिए

कार्यक्रममा प्रमुख अतिथि महामन्त्री थापाले निजी क्षेत्रको मनोबल नबढेसम्म अरू क्षेत्रमा सुधार हुन नसक्ने बताएका थिए उनले निजी क्षेत्रलाई अप्ठ्यारोमा परेको बेला राज्यले हेर्नु पर्छ भन्ने भनाई राख्दै आर्थिक सुधारका लागि सबैले खुला बहस छलफल गर्नु पर्ने कुरामा जोड दिएका थिए 

गण्डकी प्रदेश भित्रका ११ वटै जिल्लाका उधोगी व्यवसायीहरूको उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रममा थापाले नेपालको आर्थिक समृद्धिका लागि उद्योग, व्यापार, लगानी उद्यमशीलताको प्रवर्द्धनमा नेपाली कांग्रेसको दृष्टिकोण प्रतिबद्धता अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्वता समेत व्यक्त गरेका थिए । उनले स्वस्थ प्रतिस्पर्धा, नवीन सोच समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भवरहेको बताए

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातन्त्रवादी व्यवसायीलाई संगठित गर्दै व्यवसायी  राजनीतिबीच सहसम्बन्ध कायम गर्ने उद्देश्यका साथ गठन भएको संस्थाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए उनले व्यवसायी राजनीतिलाई एक अर्काका अभाव पूरा गर्ने गरी अघि बढ़न समेत शुभकामना दिएका थिए

शर्माले व्यवसायका क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिदै उनले व्यक्ति व्यक्तिलाई सम्पन्न बनाउने गरी लाग्नु जरुरी भएको बताए उद्योग व्यवसाय राजनीति दुबैलाई सफल बनाउने गरी सहकार्य गर्दै अघि बढ्नु जरुरी रहेको बताउँदै सभापति शर्माले हामीसँग रहेका साधन, स्रोतको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए

नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धुर्व गौतम महासचिव इश्वरप्रसाद कर्माचार्य लगायतले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected