२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

महिला स-शक्तिकरण कार्यक्रममा विभिन्न क्षेत्रका चार महिला सम्मानित

पोखरा भ्यूज

पोखरा, १७ फागुन। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालद्वारा पोखरामा आयोजित महिला स–शक्तिकरण कार्यक्रममा विभिन्न क्षेत्रका चार महिला सम्मानित भएका छन् ।

शनिवार एस.आर.के.सी. वेन्कुईट माटेपानी पोखरामा आयोजित सेवा मार्फत महिला स–शक्तिकरण बिषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्मानित हुनेमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा, अपाङगता महिला समाज कास्कीका अध्यक्ष अन्जना के.सी., पहिलो महिला ट्याक्सी चालक बिष्णु कुँवर र पहिलो मार्वल लेखक महिला पार्वती ग्यालेनलाई सम्मान गरिएको थियो ।

उनीहरूलाई लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले सम्मान गरेका थिए ।

लायन्स तथा गैर लायन्सको सहभागिता रहेको कार्यक्रमका सहभागिलाई पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय इन्दु लम्साल र शोभा जोशी, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रा.डा. चन्द्रा भद्रा र दुर्गा न्यौपाने अन्तरक्रियासहित प्रशिक्षण दिएका थिए ।

सो अवसरमा अधिकांश बक्ताले समाजसेवामा महिलाको भूमिका विषयमा धारणा राखेका थिए । बक्ताहरूले आफु सफल हुनका लागि गरेका संघर्षका अनुभवहरु सुनाउदै वर्तमान अवस्थामा महिला स-शक्तिकरणको क्षेत्रमा भइरहेका कामहरु र नीति निर्माण तहमा राज्यले गरेका उपलब्धि, नेपाली महिलाको अवस्था र चुनौती, संविधान र कानूनले गरेका व्यवस्थाका बारेमा बहस गरेका थिए ।

पहिलो बक्ता महिला अधिकारकर्मी प्रा.डा. चन्द्रा भद्राले यदाकदा आफु नीति निर्माण तहमा बसेता पनि लैंगिक अधिकारका धेरै कुराहरु व्यवहारमा अमिल्दो भएकाले समयानुकुल सुधार गर्न नसकिएको भनाई थियो । उनले नारी स-शक्तिकरणमा नारी आँफै पनि सचेत हुनु पर्ने धारणा ब्यक्त व्यक्त गरेकी थिईन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले महिला अधिकार तथा महिला स-शक्तिकरणका सन्दर्भमा आफूले संचार माध्यमका तर्फबाट आवाज़ उठाउदै आएको बताउदै अधिकार प्राप्त गर्नका लागि सानातिना कुरामा नअल्झी अगाडी बढ़नु पर्ने बताईन् ।

लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले महिला स-शक्तिकरणको क्षेत्रमा लायन्स क्लब मार्फत धेरै कार्य गर्दै आइरहेको बताईन् । लम्सालले महिला नेतृत्वको सवालमा कुनै पनि कुरा तगारो नबन्ने बताउदै मैले नेतृत्व गर्न सक्दिन कि भन्ने आत्म विश्वासको कमी, घर र परिवारको जिम्मेवारी धेरै हुनु जस्ता सोंचले महिलालाई बढी नै ग्रसित पारेको छ, यसबाट माथि उठ्नु जरुरी रहेको भनाई राखेकी थिईन् ।

त्यस्तै, अर्का पूर्व डिष्ट्रिक्ट गभर्नर शोभा जोशीले महिलालाई आत्मनिर्भर बनाउने र आफै निर्णय गर्न सक्ने बनाई आर्थिक, सामाजिक र राजनीतिक क्रियाकलापमा महिला सहभागिता बढाउनु पर्ने जोड रहेको थियो ।

अर्का बक्ता दुर्गा न्यौपानेले पुरुष प्रधान समाजमा नारी हरेक पाटोबाट पछि परेको बताउदैं नारी स-शक्तिकरणमा नारी आँफै पनि सचेत हुनु पर्ने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्सका लिडरहरू पद्मा पौडेल आचार्यले प्रा.डा. चन्द्रा भद्रा, रश्मी अधिकारीले पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, अमृत शोभा खत्रीले पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, कल्पना गुरूङले दुर्गा न्यौपाने र शान्ता थापा भण्डारीले पूर्व डिष्ट्रिक्ट गभर्नर शोभा जोशीको परिचय गराएका थिए ।

डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै शुभारम्भ भएको कार्यक्रममा २ सय ५० बढी लायन्स तथा ग़ैर लायन्स सहभागिता रहेको थियो ।

डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले सहभागीमा धन्यवाद व्यक्त गर्दै गोष्ठीबाट महिला सशक्तिकरणका लागि केही गर्ने थप प्रेरणा प्राप्त भएको र आगामी कार्यक्रमहरुमा पनि सबैबाट सहयोगको अपेक्षा गरेकी थिईन्।

कार्यक्रम संयोजक बसुधा पराजुली भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्लस्टर चिफ बिष्णु श्रेष्ठको रहेको थियो ।सेवाद्वारा महिला सशक्तिकरणको अवस्था र चुनौतीबारे सार्थक बहस भएको उक्त गोष्ठीमा महिला सशक्तिकरण गर्ने गराउने कार्यमा उपयोगी सावित भएको सहभागीहरुको भनाई थियो ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…