
पोखरा । भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन बनेको छ । भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा सम्पन्न भएको भलिबल प्रतियोगितामा ६/८ जिआर दित्तीय र २/९ जिआर तृतीय बनेको छ ।
फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगीतामा गण्डकी प्रदेश भित्रका र वाहिरका समेत गरि २३ वटा वटालिएनहरुको सहभागीता रहेको थियो । च्याम्पियन बने संगै १/५ जिआरले नगद १ लाख हजार शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेताले नगद ५० हजार र शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने तृतीयले २५ हजार रुपैँया प्राप्त गरे। प्रतियोगिता लिग कम नकआउटमा संचालन भएको थियो ।
उनीहरूलाई भारतीय दुतावास पेन्सन वितरण केन्द्र रामवजारका प्रमुख कर्णेल. प्रशान्त सिंह बघेल, नेपाल एसबिआई बैकका गण्डकी प्रदेश प्रमुख मिन बहादुर गुरुङ, एभरेष्ट बैक पोखराका प्रमुख उज्वल शर्मा र सिटिजन लाइफ़ ईन्स्योरेन्स बजार प्रमुख भूषण रिमाललगाएतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको पहिलो पुरस्कार एसबिआई बैक, दोस्रो एभरेष्ट बैक र तृतीया पुरस्कार सिटिजन लाइफ़ ईन्स्योरेन्सले प्रयोजन गरेको थियो ।
प्रतियोगीतामा २२ वटा भूपु वटालियनको टिम र आयोजक पेन्सन वितरण केन्द्र रामवजारको एक टिमले प्रतिष्पर्धा गरेका थिए ।
भारतीय दुतावास पेन्सन वितरण केन्द्र रामवजारका प्रमुख कर्णेल प्रशान्त सिंह बघेलले जागिरका समयमा भएका हार्दिकता र अनुशासनलाई निवृत्त भएपछि पनि कायम गर्न प्रतियोगीता सञ्चालन गरिएको जानकारी दिए । उनले प्रतियोगिताले पुर्व शैनिकको जिवनयापन र स्वास्थ्यमा पनि सकारात्मक सुधारका लागि नियमित खेल आयोजना गर्ने गरिएको पनि उनको भनाई थियो । वटालियन भित्रकै राष्ट्रिय रेफ्रिहरुले संचालन गरेको प्रतियोगितामा दैनिक ८ वटालियनको ४ म्याचका दरले खेल भएको थियो ।









