२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको शिलन्यास

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिव लिङ्गको निर्माण हुने भएको छ ।
शिवलिङ्गको सोमबार एक कार्यक्रमका विच पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिलन्यास गर्नु भयो ।
शिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले जटा शंकर धार्मिक विकास समिति मार्फत नौ करोड रुपैयाको डिपिआर तयार गरी निर्माण कार्य अगाडी बढाईएको बताउनु भयो ।
अध्यक्ष थापाले नौ करोडको लागतमा सवै काम सम्पन्न भए सिलिङ्गे धार्मिक पर्यटनको एक व्यवस्थित नयाँ गन्तव्य बन्ने बताउनु भयो ।
उहाँले केही समय देखी कोटीहोम विवादले पोखराको धार्मिक वातावरण विग्रेको उल्लेख गर्दै, संवादबाट सवै समस्याको हल निकाल्न आग्रह गर्नु भयो ।
उहाँले कोटीहोमका नाउँमा हिन्दु धर्मका अनुयायीहरुलाई विभाजित बनाउने काम भैरहेको उल्लेख गर्दै, होम, यज्ञ, यज्ञादीले सवैलाई समेट्नु पर्ने बताउनु भयो । उहाँले हिन्दुधर्मका अनुयायी एकथरिलाई धार्मिक अर्को थरीलाई जवरजस्ती धर्म विरोधी हो की भन्ने ट्याग लगाउने कोसिस गरिएको बताउनु भयो ।
उहाँले कोटीहोम भन्नासाथ योगी नरहरिनाथको स्मरण गर्दै, उहाँले देखाएको वा परिकल्पना गरेको कोटीहोम जस्तो हुनु पर्नेमा जोड दिनु भयो ।
धार्मिक कार्य रड, लाठी, खुकुरी र खुँडा एवं बाउन्सर राखेर नहुने उल्लेख गदै, अध्यक्ष थापाले, श्रद्धालु भक्तजनले पुष्पबृष्टी गरेर शुरुवात गर्नु पर्नेमा परिस्थिति मुठभेड तर्फ उन्मुख गराउने चेष्टा गरिएको बताउनु भयो ।
महानगरको आदेश पालना गर्न गएका नगरप्रहरी माथि घातक बस्तु प्रहार गरि घाईते बनाईयो उहाँले भन्नु भयो— “महिला प्रहरीलाई समेत छाडिएन, यि सवै घट्ना भैरहँदा म कार्यपालिकाको सदस्य हुनुको नाताले भिडलाई तितरवितर पारेर उनिहरुको रक्षा गरेको हो ।“
कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधिस डा. आनन्द मोहन भट्टराईले आफ्नो निवित्त जीवन समाजका लागि कहाँनेर प्रयोग हुन्छ, त्यसका लागि प्रयोग गर्न सुझाव दिनु भयो । उहाँले स्थानीय सरकारले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिदै, डिपिआर अनुसारको कार्य अगाडी बढाउन सवैको सहयोग र साथको आवश्यकता पर्ने औल्याउनु भयो ।
शिक्षाविद् रवि प्रसाद बरालले मन र मस्तिष्कको समिश्रणनै आध्यात्म भएकाले दुवैको सन्तुलनबाट धार्मिक कार्यलाई अगाडी बढाउन जोड दिनु भयो । उहाँले धार्मिक कार्यहरु व्यापारका लागि गर्न नहुनेमा जोड दिनु भयो ।
जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी हरिप्रसाद अधिकारी, चन्द्रबहादुर रानाभाट, संस्थाका बरिष्ठ उपाध्यक्ष एवं पोखरा महानगरपालिका वडा नंं २६ का वडा सदस्य तिथबहादुर राजभाट लगायतले जटाशंकर धार्मिक विकास समिति र त्यसका गतिविधिका बारेमा बोल्नु भएको थियो ।
एक करोड २० लाखको लागतमा निर्माण हुने योजनाका लागि चालु बर्षमा वडा मार्फत महानगरले ५० लाख रुपैया विनियोजन गरेको छ । कार्यक्रममा स्थानीय भक्तजनको व्यापक सहभागिता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…