
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल, क्लस्टर ५ अन्तर्गत रिजन १० को रिजन कन्फ्रेन्स सम्पन्न भएको छ ।
रिजन कन्फ्रेन्समा रिजन १० अन्तर्गत रहेका जोन १९ र २० का ८ वटा क्लवहरुले हालसम्पन्न सम्पादन गरेका सामाजिक सेवाका कार्य र बाँकी अवधिमा गर्ने कार्यहरूको विवरण पेश गरेका थिए ।
क़ार्यक्रममा जोन १९ का जोन चेयरपर्सन राजेन्द्र प्रसाद पौडेल र २० का जोन चेयरपर्सन उत्तम भण्डारीले आ-आफ्ना जोन अन्तर्गतका कलबका गतिबिधि प्रस्तुत गरेका थिए ।
रिजन १० का रिजन चेयर पर्सन मेनका श्रेष्को अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कन्फ्रेन्समा विभिन्न संघ सस्थामा आवद्ध सामाजिक व्यक्तित्वहरुलाई आमन्त्रण गरी सम्मान समेत गरिएको थियो ।
नमस्ते पाटी प्यालेस लेखनाथमा सम्पन्न कन्फेरेन्समा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले रिजन कन्फ्रेन्स उत्कृष्ट रहेको बताउँदै रिजन अन्तर्गतका क्लबले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका छन्, आगामी दिनहरुमा पनि यस्तै सेवाका कार्यहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

लायन्स र गैर लायन्सको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा गभर्नर ढुङगानाले लायन्सले समाज र देशको लागि गरेको सामाजिक तथा मानवीय कार्यले नै लायन्सप्रति आकर्षण बढ़ेको बताए ।

पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले क्लबले सम्पादन गरेका कार्यले नै डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वकै नम्बर वान डिष्ट्रिक्ट बनेको बताए ।
सो अवसरमा गभर्नर पोखरा-३२, लामेआहलमा अवस्थित राधाकृष्ण बृदाश्रमका अध्यक्ष प्रेम लिगललाई सामाजिक क्षेत्रमा पुर्र्याएको योगदानको उच्च कदर गर्दै दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।











