घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीद्वारा शुभकामना आदान प्रदानसंगै भित्तेपात्रो विमोचन
- April 10, 2025
- 1782

पोखरा । पोखरा-१९, घार्मीमा रहेको घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले नव वर्ष २०८२ को आगमनसंगै शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । संस्थाका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले भित्तेपात्रो विमोचन गरेका छन् ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले सहकारीलाई गरिबी निवारण र उत्पादनमूखि बनाउन जोड दिए । त्यस्तै पर्यटन पर्वधनको सन्दर्भमा बोल्दै घार्मी सहरबाट अति नजिक रहेको पर्यटकीय ग्रामिण भेक रहेकोले यस क्षेत्रलाई सहकारिको माध्यमबाट पर्यटन प्रवर्धनमा थप योजनाहरु लागू गर्नसकिने कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक बास्तोलाले पछिल्लो समय सहकारी क्षेत्रमा केही नकारात्मक सन्देशहरु प्रवाह भैरहेको भएपनि नीति नियम र विधान संगत चलेका सहकारीहरु विश्वसनीय उदाहरणीय रहेको बताउदै घार्मी कृर्षि तथा पर्यटन सहकारीले छोटो समयमै अपेक्षाकृत प्रगति गर्दै आएको बताए ।
संस्थाका सल्लाहकार बैकुण्ठ पौडेल,लेखा समिति सदस्य रामचन्द्र पौडेल, सेयर सदस्य सुनिता अधिकारी पौडेल, कृर्षि समन्वय उपसमिति सदस्य पोषराज पौडेल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सहकारीको कार्यशैली प्रति प्रशंसा गरे ।
संस्थाका अध्यक्ष पोषराज पौडेलले सहकारीका विभिन्न गतिविधि र भावि योजनाको विषयमा प्रकाश पारे । सो अवसरमा सहकारीको हितको लागि निरन्तर सहयोग गर्दै आउनुभएका सेयर सदस्य परशुराम पौडेललाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
संस्थाका सचिव राजकुमार पौडेलको संचालनमा रहेको सो कार्यक्रममा कोषाध्यक्ष ज्योति रेग्मी पौडेलले स्वागत मन्तव्य र सहसचिव लक्ष्मी अधिकारीले सहकारीका सिद्धान्तहरु वाचन गरेकी थिईन् ।












