२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पर्यकटीय गाउँ चिनाउन नयाँ बर्षमा उकालो दौड प्रतियोगिता हुने

तनहुँ । तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । अन्नपूर्ण युवा क्लव कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएकोे हो ।

आयोजक क्लवका पुर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङ्गले भूजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले १८ देखि ४५ बर्ष उमेर समुहमा महिला र पुरुष सहभागि हुने गरी खुला दौड प्रतियोगिता हुने जानकारी दिए । शुक्लागण्डकी नगरपालिका वडा न २ को पर्यटकीय क्षेत्र भुजिकोट, स्थानथोक सहित यहाँ रहेका पुराना सास्कृतिक बस्ती, आदिबासी समुदायको संस्कृति, घरबास कार्यक्रम, ऐतिहासिक स्थलको अवलोकन र दृश्यावलोकन मार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङ्गको विस्वास रहेको छ ।

क्लवका अध्यक्ष अनिल खनालको अध्यक्षतामा भएको कार्यक्रममा दौड सहित गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुती प्रदर्शन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । अध्यक्ष खनालले देशभरका २०० जना धावक सहभागि गराउने उदेश्य रहेको दावी गर्दै उत्कृष्ट २० जनासम्मलाई मेडल मार्फत सम्मान गर्ने बताए ।

कार्यक्रमका प्रवक्ता तिर्थराज खनालले प्रतियोगितामा सहभागि भई विजेता हुने प्रथम सहित पाँचौ सम्मका धावकलाई क्रमश, ३३ हजार तीन सय ३३, २२ हजार दुई सय २२, ११ हजार एक सय ११, पाँच हजार पाँच सय ५५ र तीन हजार तीन सय ३३ नगद सहित सम्मान गरिने जानकारी दिए । कोत्रे चोकदेखि स्थानथोकसम्मको ९ किलोमिटरको दुुरीमा प्रतियोगिता हुने जनाउदै प्रवक्ता खनालले धावकको नाम दर्ताका लागि रु दुई सय ५० शुल्क लाग्ने बताए । उनले प्रतियोगिता सम्पन्न गर्न तीन लाख लागत अनुमान गरिएको जनाए ।

क्लवले यस अघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । कोरोना महामारी लगायतका विभिन्न कारणले रोकिएको प्रतियोगिता अव बर्षेनी आयोजना गर्ने क्लवले जनाएको छ । शुक्लागण्डकी नगरपालिका २ भूजिकोट–स्थानथोकबाट पोखराका तालतलैयादेखि हिमालयका शुन्दर दृश्य, विभिन्न जिल्लाका दृश्यवलोकन, राष्ट्रिय फुल लालिगुरासको अवलोकनका साथै ग्रामिण परिवेश नियाल्न सकिन्छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…