0Shares

पोखरा । पोखरामा संचालन हुने श्री गण्डकी कोटिहोम महायज्ञको बैशाख ३ गते भूमी पुजन गरिदैछ ।

पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी बैशाख ३ गते गरिने भएको हो ।

गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । चैत्र २९ गतेदेखी नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी छन् ।

३ गते बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected