19Shares

पोखरा । पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले आज प्रवर्चन एवं सम्मान कार्यक्रम गरेको छ ।

नयाँबजार शान्ति वनमा रहेको पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट रुपा गाउँपालिका–७ का पुष्पकमल सुवेदी, क्षेत्र नम्बर २ बाट पोखरा–११ का डा. टुबराज बाँस्तोला र क्षेत्र नम्बर ३ बाट पोखरा–१९ का मिनराज पौडेललाई सम्मान गरेको हो ।

नेकपा एमाले स्थायी कमिटि सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सम्मानपत्र,दोसल्ला र अविर लगाएर सम्मान गरेका छन्  । त्यस्तै कार्यक्रममा कास्कीका चार क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा एमाले निकट विद्यार्थी संगठनबाट निवार्चित पदाधिकारीका र सदस्यहरुलाई सम्मान गरिएको छ ।

पृथ्वीनारायण क्याम्पस, वनविज्ञान अध्यन संस्थान, र नर्सिङ, इन्जिनियरिङ अध्ययन सस्थान क्याम्पसमा एमाले निकट विद्यार्थीहरुका निर्वाचित भएकाहरुलाई सम्मापनपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटि सदस्य खगराज अधिकारीले शिक्षक आन्दोलनका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बद्नाम गर्न खोजिएको बताए ।

शिक्षक आन्दोलनका नाममा सडकमा एमाले र प्रधानमन्त्रीलाई बद्नाम गर्ने गरि प्रयोग भैरहेको छ उनले बताए । कार्यक्रम एमाले कास्कीका अध्यक्ष बैनबहादुर क्षत्री अधिकारीको अध्यक्षतामा भएको थियो ।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected