
पोखरा । पोखरा वडा नं. ४, तेर्सापट्टी स्थित द क्लब सीएम (सीएम स्वीमिङ पुल) अब नयाँ व्यवस्थापनका साथ अघि बढेको छ । उक्त स्थानमा धेरै वर्षदेखि सञ्चालन हुँदै आएको स्वीमिङ पुललाई स्तरोन्नति गरी नयाँ व्यवस्थापन पक्षले ‘पोखरा सेन्ट्रल ओयसिस’ का नाममा सञ्चालनमा ल्याइएको हो ।











