110Shares

पोखरा । नुवाकोटमा हुने लायन्स अर्न्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याबिनेट बैठकको तयारी तीब्र पारिएको छ । नुवाकोटस्थित सम्पूर्ण क्लबहरुको संयुक्त आयोजनामा नुवाकोट जिल्लाको बिदुर नगरपालिका–४, बट्टार बजारस्थित बाजेको सेकुवामा यही बैशाख २७ गते शनिवार हुने मिटिङको तयारीलाई तीब्रता दिईएको बागमती एरियाका क्लस्टर प्रमुख, उप–प्रमुखसँगको भेटघाट एवं सुझाव संकलन बैठकमा जानकारी गराईएको हो ।

लायन्स अर्न्तराष्ट्रियका आई डि ईर्न्डोसीका उम्मेदवार एवं लायन्स अर्न्तराष्ट्रियका एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यता रहेको छलफल कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुंगाना, पिएएमसिसि मन बहादुर रोका, डिजि ईलेक्ट पार्वती खरेल पाण्डे, फस्ट डिजि ईलेक्ट सूर्य केसीलगाएत सिनियर लिडरको उपस्थिति रहेको थियो ।

बैठकमा ८ सय बढी लायन्स सदस्यहरू सहभागी हुने चौथो क्याबिनेट बैठक तयारी समितिका संयोजक अनुज कुमार श्रेष्ठले जानकारी दिए । गाउँ पर्यटनको समेत विकास गर्ने उद्देश्य अनुरुप सहरी क्षेत्र बाहिर कार्यक्रम आयोजना गरिएको उनले बताए । बट्टारमा हुन लागेको बैठकले यस क्षेत्रको पर्यटनमा विशिष्ट योगदान पुग्ने विश्वास लिइएको उनको भनाई थियो ।

नुवाकोट जिल्लामा रहेका क्लबहरू लायन्स क्लब अफ नुवाकोट क्यापिटल, नुवाकोट आदर्श, नुवाकोट सम्पदा, नुवाकोट बाराही र नुवाकोट इन्द्रेणीको संयुक्त आयोजनामा बिभिन्न उप–समिति गठन गरी मिटिङको तयारी अघि बढाइृएको संयोजक श्रेष्ठले बताए ।

घुम्न वाउँ नुवाकोट भन्ने नाराका साथ आयोजना गरिएको क्याबिनेट मिटिङ आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि सहयोगी हुने श्रेष्ठको दावी छ । ‘आपसी भाइचारा अभिवृद्धिका लागि कार्यक्रम महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘नुवाकोटमा रहेका धार्मिक, साँस्कृतिक महत्व बोकेका स्थलहरु नुवाकोट दरवार, पृथ्वीनारायण शाहको देहावसन पछि अन्तेष्टी गरिएको स्थान देविघाट, दुप्चेश्वर महादेव, वेत्रावती उत्तरगया धाम, गैगटे पार्क, नुवाकोट जिपलाईनलगाएतका क्षेत्रको प्रवद्र्धन गर्न तथा चिनाउन पनि कार्यक्रम सहयोगी हुनेमा हामी विश्वस्त छौं ।’

110Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected