२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

नारायणगढ–वुटवल सडक विस्तारलाई तीव्रता दिन हान गण्डकीको माग

पोखरा, १२ वैशाख । होटल संघ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नती कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ ।

हान गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले हालै एक विज्ञप्ति जारी गरी सडक मार्गको विस्तार र स्तरोन्नतीमा भएको ढिलाईले पर्यटक र समग्र यात्रुवर्गले हैरानी खेप्नु परेको उल्लेख गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यस खण्डमा निकै अघि काम सुरु भए पनि स्तरोन्नती कार्यमा देखिएको सुस्तीका कारण पर्यटक र समग्र पर्यटन क्षेत्रले निकै हैरानी खेप्दै आउनु परेको छ । सामान्य यात्रुले पनि यस्तो समस्या दिनहुँ भोग्न बाध्ये छन् । सडक विस्तार कार्यमा भएको ढिलाई, निर्माणको क्रममा मौसम अनुसार उत्पन्न धुलो र हिलो तथा सडकको उबडखाबडले गर्दा यसखण्ड हुँदै गुड्ने सवारी र तिनमा यात्रारत सेवाग्रहीले ठूलो कष्ट उठाउनु परेको छ । अर्को तर्फ दुर्घटनाको जोखिम त छँदै छ । ’

पर्यटन क्षेत्र अगाडि बढ्न चाहिने केही महत्वपूर्ण आधारमध्ये कनेक्टिभिटी अर्थात् पहुँचले ठूलो महत्व राख्छ नै । तर नेपालमा सडक मार्गहरुको निर्माण, विस्तार र स्तरोन्नतीमा निकै ढिलाई हुने गर्दा समग्र आर्थिक र पर्यटन क्षेत्र नकारात्मक रुपमा प्रभावित हुने गरेको हानले जनाएको छ । स्मरण रहोस् गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमि र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमि विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले चैत २०७५ मा १६ अर्ब ९९ करोडमा रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार साउन ०७९ भित्र काम सकिनुपथ्र्यो तर तेश्रो पटक थपिएको म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा प्रगति ६३ प्रतिशत मात्र हुनु दुःखद भएको हानले उल्लेख गरेको छ ।

यति मात्र नभई यो खण्डको अनुगमनका क्रममा केही दिन अघि स्वयं भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत दाउन्नेको जाममा रोकिनुपर्ने अवस्था सिर्जना हुन पुगेको र एस्कर्टिङलाई पनि दाउन्ने खण्ड छिचोल्न चार घण्टा लागेको खबरहरु सार्वजनिक भएका थिए । यसैगरी विदेशी पर्यटकले यो सडकको दुर्गतीबारे सामाजिक संजालमा श्रव्यदृष्य सामग्रीहरु पोष्ट गर्दा अन्तर्राष्ट्रि«य जगतमा नेपालप्रति नकारात्मक धारणा सिर्जना हुने जोखिम बढेर गएको भन्दै हानले चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा थप भनिएको छ– ‘अहिले सहज अवस्थामा त सडक विस्तार र स्तारोन्नती कार्यमा ढिला भएको छ भने बर्खाको समयमा हालत के होला, प्रश्न स्वभाविक छ । अतः सडकको विस्तार कार्यलाई तिव्रता दिन ठेकेदार कम्पनीलाई खबरदारी गर्दै स्तरोन्नती कार्य नसकिंदा सम्म विकल्पको खोजी गरी पर्यटक र समग्र सेवाग्राहीलाई सहज यात्राको वातावरण सिर्जना गर्न होटल संघ नेपाल गण्डकी सरकारसँग जोडदार माग गर्दछ ।’

—

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…