२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

भारतीय लक्जरी अफेयर्सको भ्रमण टोलीलाई पोखरामा स्वागत

पोखरा । विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रहरूमा प्रभावशाली पहिचान कायम गरेका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।
नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ विलासिता, जीवनशैली र व्यवसायका क्षेत्रमा भारतमा अग्रणी स्थान बनाएका व्यक्ति सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डललाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको नेतृत्वमा पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्ले स्वागत गरेका हुन् ।
उनीहरूलाई शुक्रबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पञ्चकन्या तथा नौमती बाजाबाट स्वागत गरिएको थियो ।
स्वागत पश्चात लेकसाइडको होटेल टेम्पल बेल बुटिकमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भ्रमण टोलीलाई पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटकीय चिनारीबारे जानकारी गराए ।
पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै उनले  यहाँको पर्यटकीय सौन्दर्यता एवम् गतिविधिलाई भारतीय पर्यटकहरूले रुचाउने गरेको बताए । पोखरा र आसपासका गन्तव्यमा उच्च गुणस्तरका सेवा सुविधा युक्त होटेल रेष्टुरेन्ट रहेको बताउँदै उनले पछिल्ला समयमा उच्च गुणस्तरीय सेवा प्रदायकहरू बृद्धि भएको बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानहरू पनि सञ्चालन हुन थालेको  जानकारी दिए ।
पोखरा महामनगरपालिकाका प्रवक्ता मोतिराज तिमल्सिनाले पोखरा भ्रमण वर्ष २०२५को घोषणासँगै यहाँ पर्यटन सम्बद्ध संघसंस्थाबाट विभिन्न प्याकेज घोषणा गरिएको जानकारी दिए ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा प्राकृतिक, सांस्कृतिक एवम् साहसिक पर्यटनको गन्तव्य रहेको बताउँदै पोखरा भ्रमण वर्षलाई सफल बनाउन भारतीय पर्यटकहरूको महत्वपूर्ण भूमिका हुने धारणा राखेका थिए ।
नेपाल भ्रमणमा रहेको भारतीय टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । उनले  भारतबाट विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रमा अग्रणी व्यक्तिहरूको भ्रमणले पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
भारतीय प्रतिनिधिमण्डलका सदस्य उपौल मजुम्द्रले पोखरामा गरिएको न्यानो आतिथ्यताको प्रशंसा गरेका थिए ।
पर्यटन विज्ञ दीपेन्द्र पहारीले सञ्चालन गरेको कार्यक्रममा पोखरा पर्यटन परिषद् र पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको सहभागिता थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…