२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

स्याङ्जाको वालिङमा नमुना बसपार्क बन्दै

स्याङ्जा । अव्यवस्थित सवारी साधन पार्किङको समस्या भोगिरहेको स्याङ्जाको वालिङ नगरपालिकाको समस्या समाधान हुने भएको छ । वालिङ नगरपालिकाले वडा नं. ८ सित्तलनगरमा आधुनिक बसपार्कको निर्माणका लागि नगरविकास कोषको सहयोगमा बसपार्क बनाउने सम्झौता गरेसँगै अव्यवस्थित पार्किङ्को समस्या समाधान हुने लागेको हो ।

सम्भौतासँगै नमुना बसपार्क निर्माण सुरु भएको छ । वालिङ नगरपालिका–८ स्थित शितलनगरमा आधुनिक बसपार्कको निर्माण सुरु भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरविकास कोषसँगको सहकार्यमा नमुना बसपार्क निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ ।

बढ्दो सहरीकरण, सवारीको चाप र अव्यवस्थित पार्किङको समस्या समाधान गर्न बसपार्क निर्माण सुरु गरिएको वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणको भनाइ छ । बसपार्क निर्माण गर्न नगरपालिकाले २०७२ सालमा सित्तलनगरमा २० रोपनी जग्गा खरिद गरेको थियो । खरिद गरेको २० रोपनी र सार्वजनिक १० रोपनी जग्गामा नमुना बसपार्क निर्माण भइरहेको प्रमुख खाँणले बताए ।

स्मार्ट सिटीको नीति लिएर अगाडि बढेको वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साँघुरो बन्दै गएको थियो । पार्किङको समस्या समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुरुप बसपार्क निर्माणको काम सुरु गरिएको उपप्रमुख कविता तिवारी गैह्रेले बताईन् ।

डिपिआर अनुसार बसपार्क पूर्णरुपमा निर्माण गरी सञ्चालन गर्न २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । पहिलो चरणको काम सम्पन्न गर्नका लागि खिलुङ कालिका–कार्की जेभीसँग सम्झौता भएर काम शुरु भएको छ । पहिलो चरणको काम सम्पन्न गर्न ९ करोड ७ लाख ६० हजार ८ सय ६९ रुपैयाँमा सम्झौता भई काम सुरु भएको हो ।

नमुना बसपार्क निर्माणका लागि सहरी विकास कोषको ऋण सहयोग तथा नगरपालिकाको आन्तरिक लगानीमा बसपार्कको निर्माण सम्पन्न हुनेछ । २०८३ असार मसान्तभित्र टर्मिनल भवन, बस तथा कार पार्किङ् वर्कसप, विद्युतिय साधनका लागि चार्चिङ स्टेसन, आन्तरिक सडक, तारबार काम सम्पन्न हुने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिने छ । जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दूरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिने नगरपालिकाले जनाएको छ । लामो दूरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा दुई पाङग्रे १० वटा, निजी सवारी कारहरु २० वटा अटाउने नगरपालिकाका प्राविधिक शाखा प्रमुख मणिप्रसाद तिवारीले बताए ।

बसपार्क सिद्धार्थ राजमार्गको नजिकै निर्माण हुन लागेको छ । वालिङबाट पर्वतको दक्षिणी भेग, गुल्मी र पाल्पासम्म पुग्न सजिलो हुने भएकाले बसपार्कको निर्माणसँगै राजमार्गमा जथाभावी पार्किङ गर्ने क्रम घट्ने नगरपालिकाले अपेक्षा गरेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…