२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

उत्पादन बढाउन आधुनिक खोर निर्माण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा उत्साहित भएर लागेका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधार कार्यक्रम सञ्चालन गरेसँगै कृषकहरु खोर निर्माणमा उत्साहित भएर लागेका हुन् ।

परम्परागत र अस्तव्यस्त तबरबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त छन् । पालिकाले बाख्राको नश्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई पे्ररित गर्दै आएको नगरपालिकाले जनाएको छ ।

अनुदानमा आधुनिक खोर निर्माण गरेकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै उत्साह छाएको बताईन् । उनले भनिन् “परम्पारगत र अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अब व्यवस्थित हुने भयो ।” हाल १२ वटा बाख्रा पाल्दै आएकी मल्लले आधुनिक खोर निर्माणसँगै बाख्राको संख्या थप्ने योजना बनाएको सुनाईन् ।

गाउँका धेरै बाख्रा पालक कृषकले खोर बनाउने योजना बनाएका थिए । मल्ल स्थानीय दिप्का बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहकी अध्यक्ष हुन् । ३० जना महिला आवद्ध रहेको समूहका सदस्यहरु उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताईन् ।

वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेको वडा अध्यक्ष छविलाल आलेले जानकारी दिए । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेको ‘वालिङ कृषि विकास परियोजना’ मार्फत आधुनिक खोर निर्माण गरिएको आलेले बताए । उनका अनुसार कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको आधुनिक खोर निर्माण गरेका हुन् ।

बाख्राको नश्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं.१ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खँंणले बताए । । खाँणले भने, “साझेदार संस्थाहरुसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेका छौं ।” वडाको पकेट क्षेत्र नै छुट्टाएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको प्रमुख खाँणको भनाई छ ।

बाख्रा पालनलाई ब्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिक रुपमा सबल बनाउने पालिकाको योजना रहेको सुबेदीले बताए ।

नगरपालिकाले सञ्चालन गरिरहेको परियोजना मार्फत वडा नं.४, ५ र ६ मा गरी २६ वटा आधुनिक बाख्राको खोर निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बश्यालले जानकारी दिए । आधुनिक खोर निर्माणसँगै कृषकलाई बाख्रा पाल्ने तरिका, हेरचाह र सरसफाई सम्वन्धी जानकारी दिदै आएको बश्यालले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…