२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

स्याङ्जामा १ सय ९७ जना क्षयरोगी

स्याङ्जा । आर्थिक वर्ष २०८१/८२ को हालसम्मको विवरण अनुसार जिल्लाभित्र १ सय ९७ जना क्षयरोग संक्रमित फेला परेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जिल्लामा क्षयरोगका बिरामीहरूको तथ्याङ्क सार्वजनिक गर्दै जिल्लामा उक्त संख्यामा क्षयरोगी फेला परेको जनाएको छ ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा अध्यावधिक भएको तथ्यांक अनुसार क्षयरोगीको संख्या १ सय ९७ पुगेको हो । सबैभन्दा धेरै संक्रमित वालिङ नगरपालिकामा भेटिएको जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक मनिष कुमार महतोले जानकारी दिए । उनका अनुसार वालिङमा संक्रमितको संख्या ४४ छ ।

सार्वजनिक तथ्याङ्क अनुसार चापाकोटमा ३७, भीरकोटमा ३१, गल्याङमा २८ जना क्षयरोगी रहेको जनाइएको छ । यसैगरी पुतलीबजार नगरपालिकामा संक्रमितको संख्या १६ रहेको छ । नगरपालिकाको तुलनामा गाउँपालिकाहरूमा क्षयरोगको कम प्रभाव देखिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार गाउँपालिका तर्फ बिरुवामा १६, अर्जुनचौपारीमा १०, कालिगण्डकीमा ७ जना, फेदीखोलामा ४, आँधीखोलामा ३ जना र हरिनासमा १ जना संक्रमित फेला परेका छन् । पछिल्लो वर्ष मात्रै क्षयरोगबाट ७ जनाको मृत्यु भएको छ । पुतलीबजारमा ४, वालिङ, गल्याङ र आँधीखोलामा १/१ जना गरि ७ जनाको मृत्यु भएको हो ।

बिसिजी खोप लगाउने, वातारणीय सरसफाइमा ध्यान दिने, पोषणयुक्त खानेकुरा खाने, धुम्रपान, मद्यपान नगर्ने, भीडभाड, धुलो धुँवा भएको ठाउँमा जाँदा मास्क लगाउने, क्षयरोगबाट संक्रमितले उत्सर्जन गरेका विकार वस्तुको सही व्यवस्थापन गर्ने र गाइभैंसीको दूध राम्ररी उमालेर मात्र सेवन गर्ने गरेमा क्षयरोगबाट बच्न सकिने जनस्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन् । क्षयरोगको संक्रमणबाट बच्न नियमित रुपमा स्वास्थ्य जाँच गर्नुपर्नेमा जनस्वास्थ्य कार्यालयले जोड दिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…