
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको क्याबिनेट पदाधिकारी प्रशिक्षण कार्यक्रम सुक्रवारदेख़ि धुलिखेलमा हुने भएको छ। भोलिदेखि काभ्रे जिल्लाको धुलिखेलस्थित होटल सारथीमा हुन गईरहेको क्याविनेट पदाधिकारीको प्रशिक्षण कार्यक्रममा लायन बर्ष २०२५/२६ का लागि मनोनित क्याबिनेट पदाधिकारीहरूको सहभागिता रहने छ ।
तीन दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा लायन्सका सिनियर लिडरहरू लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटी, पूर्व अन्तर्राष्ट्रिय निर्देशक संजय खेतान, पोखरा महानगरपालिकाका प्रमुख एवं पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, लायन्स अन्तर्राष्ट्रिय एरिया लिडर एवं आईड़ि इन्डोर्सी उम्मेद्वार राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू इन्दु लम्साल, मन बहादुर रोका, राम बहादुर बसेल, चन्द्र कुमार केसी, वर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानालगाएतले लिडरशिप सम्बन्धि प्रशिक्षण दिनेछन् भने मोटिभेसनल स्पिकरहरु २००५ की मिस नेपाल बिजेता सुगारिका केसी र बिपी रेग्मीले मोटिभेसनल क्लास साथै योगा एण्ड मेडिटेसन गुरू डा. आचार्य प्रकाशले योगा एण्ड मेडिटेसन गराउने डिष्ट्रिक्ट गभर्नर इलेक्ट पार्वती खरेल पाण्डेले जानकारी दिएकी छन् ।
डिष्ट्रिक्ट गभर्नर इलेक्ट पार्वती खरेल पाण्डेद्धारा आगामी बर्षको नारा सर्भ, लिड र राइजको मर्म र भावनाअनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ट खालका सामाजीक कार्यहरुमा लगाउन प्रेरित गर्दै बार्षिक कार्यक्रम र लायन्स अन्तरराष्ट्रिय प्रेसिडेन्टका कार्यक्रमका बारेमा प्रस्तुति राख्ने छिन् । प्रशिक्षण कार्यक्रममा बिषयगत कक्षा संचालन हुने पाण्डले बताईन् ।
डिष्ट्रिक्टका अति महत्वपूर्ण पद क्याविनेट सेक्रेटरी, ट्रेजरर, चिफ एडभाईजर, पिआरओ ईन चिफ, डिष्ट्रिक्ट चिफ अफ काउन्सिलर,चिफ एडमिनिट्रेटर, एडमिनिट्रेटर्स र चिफ एम्बासडरसम्मकोलाई डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले प्रशिक्षण दिने छन् ।
डिष्ट्रिक्ट चिफ, डिष्ट्रिक्ट एक्जुकेटिभ को–अर्डिनेटरको समुहलाई पिडिजी राम बहादुर बसेल र प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट सुर्य केसी, डिष्ट्रिक्ट को–अर्डिनेटर, एडिशनल को–अर्डिनेटर र एरिया को–अर्डिनेटरलाई पिएमसिसी मन बहादुर रोक, डिपार्टमेन्ट चिफ, डिष्ट्रिक्ट एम्बासडर, डिष्ट्रिक्ट पिआरओ डिपार्टमेन्ट अफिसरलाई पिडिजी इन्दु लम्साल र द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट शैलेन्द्र मोहन भट्टराईले सहजीकरण गर्ने छन् ।
त्यस्तै, रिजन चेयरपर्सनका लागि निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी र जोन चेयरपर्सनहरूको लागि लायन्स अन्तर्राष्ट्रिय एरिया लिडर एवं आईड़ि इन्डोर्सी उम्मेद्वार राजन लम्सालले प्रशिक्षण दिनु हुने पाण्डेले बताईन् ।











