34Shares

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जारी राष्ट्रिय भजन प्रतियोगिताले भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम वनेको छ । भजन प्रतियोगितामा पनि सहभागी हुने र यसै अवसरमा कोटिहोम दर्शन गरी दान गर्ने अवसर पनि नछुटाउन देशभरका भजन समूह यति वेला पोखरा केन्द्रित भएका छन् ।

भजन प्रतियोगितामा सहभागी हुने समूहले प्रतियोगितामा मात्रै नभई केही न केही दान गरेर जाने गरेको आयोजकले जनाए । भजन प्रतियोगितामा पूर्व रसुवा देखि पश्चिम महेन्द्रनगर सम्ममा ३ सय ५ समूहको सहभागिता रहेको राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

युवा देखि वृद्ध सम्मको सहभागिताले प्रतियोगितामा रौनक छाएको उनले बताए । ‘हाम्रा जिजु बाजेहरूले पहिल्यै देखि गाउँदै गरेको भजन अहिले प्रतियोगिताको रूपमा युवा देखि वृद्ध सम्मको सहभागिता भजन प्रस्तुत भएको छ ’ उनले भने, ‘प्रतियोगितामा ७ देखि ९७ वर्ष सम्म उमेरका व्यक्तिहरूको सहभागिताले पनि हामीलाई हौसला थपेको छ ।’

उनै पराजुलीको पहलमा भजन संस्कृतिलाई जगेर्ना गर्न २०५४ सालमा विन्ध्यवासिनीमा भजन प्रतियोगिता आयोजना गरेका थिए । जसले अहिले सम्म पनि निरन्तर पाएको छ । विगत देखि मानव सेवा फाउन्डेसनले भजन प्रतियोगिता आयोजन गरी धर्म संस्कृतिको जगेर्ना गर्न काम गरेको उनको भनाई थियो ।

भजन प्रतियोगितामा रैथाने भजन देखि, ठाडो खैँजडी, देउडा परिमार्जित धार्मिक भजनहरू प्रस्तुत भएको उनले जानकारी दिए । प्रतियोगितामा बिहीबार सम्म १ सय बढी समूहले भाग लिइसकेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी प्रभावशाली समाजसेवीको रूपमा स्थापित भएको बताए । ‘यो गण्डकी कोटिहोमले पोखराको महिमालाई बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ’ उनले भने,‘हिन्दु धर्मको जर्गेना सँगै पोखरालाई धार्मिक पर्यटकीय सहरको रूपमा स्थापित गर्न गरिएको यो कार्यलाई हामी सबैले सहयोग गर्नुपर्दछ ।’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले विश्वमा शान्ति स्थापनाका गर्न कोटिहोमको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले हिन्दु धर्म संस्कृतिलाई जोगाउन हामी सबैको दायित्व भएको बताउँदै ऐतिहासिक कोटिहोममा सहभागी भएर पुण्य लाभ लिन आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले २५ हजार, शिवप्रसाद जोशीले २५ हजार १ सय ५ पोखरा– ८ का भक्तराज श्रेष्ठ ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ ।

कोटिहोममा बिहिबार चर्चित गायिका एलिना चौहान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको प्रस्तुति रहेको थियो । कार्यक्रममा गायिका एलिना चौहानकी आमा जमुना चौहानको पनि उपस्थिति रहेको थियो ।

कोटिहोममा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ । कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ झाकी प्रदर्शन गरिएको हो । यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

उनका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् । त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाँउ दरौ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।

महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जेठ ३ गते शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेको जानकारी दिए । उनका अनुसार २०८३ सालको अन्तिम तिर पनि पोखरामा महायज्ञ हुनेछ जुन महायज्ञमा १ हजार भन्दा बढी धार्मिक सङ्घ संस्था पनि सामेल हुनेछन् ।

34Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected