२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
कृषिखबर

तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी

पोखरा । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।
बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्‍याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिए ।
उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन् भने व्यक्तिगत रुपमा पनि ठाउँ ठाउँमा तरबुजा खेती गरिएको छ ।
यस वर्ष लगाइएको तरबुजा खेतीले यस ठाउँमा यस खेतीको सम्भावना देखाएको बताउँदै उनले आगामी वर्षमा यहाँका धेरै ठाउँमा कृषकहरूले तरबुजा खेती गर्ने बताए ।
तरबुजा खेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक हप्ताको आइतबार यहाँका कृषकहरूसँग कृषि प्राविधिक सहित स्थलगत रुपमा अध्ययन अनुसन्धान सहितको सिकाई गरिएको महानगरपालिकाका कृषि महाशाखाका कृषि प्राविधिक उमा पुनले जानकारी दिईन् । उनका अनुसार कृषकहरूलाई सिकाउने क्रममा विभिन्न तीन समूहमा विभाजन गरिएको थियो ।
यस बीचमा सूर्यचन्द्र आइपिएम कृषक पाठशालामा लगाइएको तरबुजा मध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र अरु बिक्रीका लागि लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले जानकारी दिए ।
पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजा खेती यस वर्ष २०० रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले कृषकलाई बीउ र मलचिङमा सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उनले यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर) को तरबुजा उत्पादन भएको जानकारी दिए । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको उनले जानकारी दिए । पोखरामा तरबुजा खेती एउटा विकल्पका रुपमा प्रमाणित भएको बताउँदै उनले यसले रोजगारी अभिबृद्धिमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए ।
आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जात पनि लगाएर परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा आसपासमा सरस्वती जातको नै बढी उपयुक्त देखिएको जानकारी दिए । तरबुजा खेतीमा गरिएको अध्ययनले प्राङगारिक उत्पादन अन्य भन्दा स्वादिलो देखिएको उनको भनाइ छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…