२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

मानवता प्रवर्द्धनको अभियानमा हातेमालो गर्न पोखरा महानगरपालिका प्रतिबद्ध

पोखरा । मानवता प्रवर्द्धनको अभियानमा हातेमालो गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताएको छ । मानवसेवा आश्रमसँगको छलफलका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहयोगापेक्षी सडक आश्रित मानिसहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, संरक्षण र सामाजिक पुनर्स्थापनाका लागि आवश्यक समन्वय गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताएका छन् ।

मानवसेवा आश्रमको नेपाललाई २०८२ भित्र सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य र पोखरा महानगरपालिकासँग साझेदारी लगायतका विषयमा केन्द्रित छलफलमा नगर प्रमुख आचार्यले पोखराको छोरेपाटन र हेमजामा सञ्चालनमा रहेको आश्रमको थप व्यवस्थापनका लागि आवश्यक साझेदारीका लागि तत्पर रहेको बताए । पर्यटन राजधानी पोखरामा विभिन्न कारणले बेसहारा बनी कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरूको उद्धार र व्यवस्थापन गर्दै मानव मर्यादाको सम्मानका लागि महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।

उपप्रमुख मन्जुदेवी गुरुङले सडकमा रहेका बेसहारा व्यक्तिहरूको उचित लालन पालन सहित संरक्षण गर्ने कार्यमा मानवसेवा आश्रमको भूमिका उल्लेखनीय रहेको भन्दै प्रशंसा गरेकी छन् । पोखरा सडक मानव मुक्त भए पनि विभिन्न कारणले बेलाबखतमा देखिने समस्याहरूको तत्काल समाधानमा मानवसेवा आश्रमको सक्रियता महत्त्वपूर्ण रहने गरेको उनले बताईन् ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सहयोगापेक्षी सडक आश्रित मानिसहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, संरक्षण र सामाजिक पुनर्स्थापना सहित २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मिसन २०८२ सञ्चालन गरिएको बताए । आश्रमले १२ वर्षमा प्रतिदिन औसत तीन जनाका दरले ११ हजार ५१४ जनाको उद्धार गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेता राधिका कुमारी शाही योगी, वडा अध्यक्षहरू प्रकाशमान उदास, राम मोहन आचार्य, रुद्रनाथ बराल, दीपेन्द्र मर्सानी, शिवप्रसाद तिमिल्सीना, हिमलाल बराल, दुर्गा सुवेदी लगायत महाशाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…