२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

विश्वविद्यालयहरूको केन्द्रीय कार्यालय पोखरामा राख्न आएको टोलीले मेयर आचार्यसँग छलफल

पोखरा । नेपालको १४ औँ विश्वविद्यालय नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने सम्भावनाको खोजीका लागि पोखरा आइपुगेको विश्वविद्यालयको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ । नगर प्रमुख आचार्यसँगको छलफलमा टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि आवश्यक पर्ने जग्गा महानगरपालिका क्षेत्रमा उपलब्ध हुनसक्ने केही सम्भावित स्थानहरूका बारेमा चासो राखेको थियो ।

सो क्रममा नगर प्रमुख आचार्यले विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्ने विषयमा आफू सकारात्मक रहेको बताएका छन् । पोखरा महानगरपालिकाका केही स्थानहरू विश्वविद्यालयका लागि उपयोग गर्न सकिने भए पनि त्यसको यथार्थ अवस्था यकिन गर्नुपर्ने भएकाले प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र नेपाल विश्वविद्यालयको तर्फबाट एक जना प्रतिनिधिलाई त्यसको जिम्मेवारी तोकिएको छ । छलफलमा डा.अर्जुन कार्की, डा.सूर्यराज आचार्य, इन्जिनियर लाल के.सी, डा.पूर्णकान्त सिलवाल र आर्किटेक ब्रिजेश शाहको सहभागिता रहेको थियो ।

अन्तर विधात्मक अवधारणामा आधारित बहुविषयगत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष, सृजनशील र प्रतिस्पर्धी मानव स्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तन गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्‍याउन विश्वविद्यालय स्थापना गर्न लागिएको उक्त समूहले बताएको छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार योसँगै अब नेपाल १४ वटा विश्वविद्यालय हुनेछन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…